०२ साउन २०८३, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीद्वारा दाबी पेश

बैशाख १४, २०८०
लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीद्वारा दाबी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् । चौधरीले ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीवार दाबी पेश गरेका हुन् । 

चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमत पार्टीका २, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ५३ सांसदको समर्थन रहेको छ ।

चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् । 

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ । चौधरीलाई प्रदेशसभाका १० मध्ये ८ दल र १ स्वतन्त्र सांसदको समर्थन रहेको छ । 

एमाले नेता लीला गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर वैशाख ११ गते ढलेसँग मंगलवार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि बिहीवार ४ बजेसम्मको समयसीमा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्