
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् ।
सरकारलाई छिटो पूर्णता दिनेगरी तत्कालै विश्वासको मत लिने भएका हुन् ।
शुक्रबार पद तथा गोपनियताको शपथ पश्चात देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । सोमवार विश्वासको मत लिएपछि मंगलबार भित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएका छन् ।
यस्तै मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पु¥याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।
बुटवलमा सपथ लिएर उनले राजधानीमा पदबहाली गरेका थिए ।