३० जेठ २०८३, शनिबार

‘सिकलसेल एनिमिया’बारे राष्ट्र संघको ध्यानाकर्षण

बैशाख १६, २०८०
‘सिकलसेल एनिमिया’बारे राष्ट्र संघको ध्यानाकर्षण

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् ।  संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। 

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए । आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उनले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर एक सय ६९ अनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्द्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्