०८ साउन २०८३, शुक्रबार
ठगीको अभियोग

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

बैशाख २०, २०८०
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका लैजाने भनी भएको ठगीमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको उच्च सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

काठमाडौं जिल्ला अदालतले रायमाझीद्वयलाई पक्राउका लागि अनुमति दिएको हो ।

सन्दीपको नाममा काटिएको चेक नै भेटिएपछि टोपबहादुर समेत अनुसन्धानमा तानिएका थिए ।

यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले बुधवार नै नियन्त्रणमा लिइसकेको छ ।

सुरक्षा स्रोतका अनुसार अर्का एक सांसद र केही बहालवाला तथा पूर्व कर्मचारीसमेत अनुसन्धानको घेरामा तानिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्