२८ असार २०८३, आइतबार

मूल्य घट्दा नेपाल आयल  निगमलाई  राहत

बैशाख २५, २०८०
मूल्य घट्दा नेपाल आयल  निगमलाई  राहत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य  घट्दा  नेपाल  आयल  निगमलाई  राहत  मिलेको छ । गत वर्ष रुस र युव्रmेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुुगेको निगमलाई  पछिल्लो  समय  मूल्य  घट्दा  राहत  मिलेको हो ।

 गत असार साउनमा मूूल्य बढ्दै गएपछि निगम  घाटामा  गएर  तेल  खरिद  गर्न  जग्गा  धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुुगेको पुुगेको थियो ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको  मूूल्य  घट्दै  गएपछि  निगमले  हाल  ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ ।  विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुुपातमा स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुुक्ता गर्न सफल भएको निगमले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्