×

NMB BANK
NIC ASIA

पूर्व अर्थमन्त्रीको सुझाव

अर्थतन्त्र सुधारको सूत्र : मुलुक आर्थिक मन्दीमा गएको स्वीकार्दै 'रियालिस्टिक' बजेट

बैशाख २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सम्माननीय सभामुख महोदय,

Muktinath Bank

विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा यस सम्मानित सदनमा आफ्ना विचार विश्लेषण प्रस्तुत गर्न म यहाँ उभिएको छु । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने प्रचलन, यो केवल धर्म निर्वाहको विषय मात्रै होइन । यसले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेटलाई ठीक ढंगले मार्गदर्शन गर्न सक्नु पर्दछ र त्यसका प्राथमिकताहरूलाई ठीक ढंगले निर्धारण गर्न सक्नु पर्दछ । यसको आलोकमा बजेट निर्माण हुनु पर्दछ भन्ने मान्यताका साथमा यो प्रचलन संसदमा सुरु भएको हो, सम्माननीय सभामुख महोदय । तसर्थ यो केवल एउटा औपचारिक प्रक्रिया मात्रै होइन, सिंगै सदनको सुझावका आधारमा आगामी बजेटलाई मार्गदर्शक गर्ने सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने एउटा प्रक्रिया हो भनेर म स्मरण गर्न चाहन्छु र यसलाई त्यही रूपमा ग्रहण गर्नका निम्ति म माननीय अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । 


Advertisment
Nabil box
Kumari

सबैभन्दा पहिला हामीले बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा हामीले के कुरालाई हेक्का राख्नु पर्दछ भन्दा हामी कहाँ छौं ? आज नेपाली अर्थतन्त्र कहाँनिर छ ? नेपाली अर्थतन्त्रका सामुन्नेमा चुनौतीहरू कस्ता छन् ? अर्थतन्त्र कहाँनिर छ र अर्थतन्त्रका चुनौतीहरू के छन् भन्ने कुरालाई सबैभन्दा पहिला टेबुलमा राख्न सक्नु पर्दछ । तथ्यहरूलाई एकएक गरेर केलाउन सक्नु पर्दछ । तथ्यले जे बोलेको छ, त्यसलाई स्वीकार गर्दै अगाडि बढ्न सक्नु पर्दछ भन्ने मलाई लाग्छ । 

Vianet communication
Laxmi Bank

सभामुख महोदय,

प्रस्तुत सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा मैले के पाएँ भन्दा सरकार खासगरी अर्थतन्त्रका समस्या, अर्थतन्त्रका चुनौतीप्रति बेखबर रहेको मैले महसूस गरें । चुनौती कहाँनिर छ ? समस्या कहाँनिर छ ? चुनौतीको सामना गर्न कहाँबाट हामी कसरी अगाडि बढ्ने हो ? त्यसतर्फ बेखबर रहेको मैले यो दस्तावेज पढ्दा अनुभव गरें, सभामुख महोदय । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले गत हप्ता आफ्नो तथ्यांक प्रकाशित गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशित भएको उक्त तथ्यांकले नेपाली अर्थतन्त्रलाई मन्दीको अवस्थामा पुगेको छ भन्ने तथ्य उद्घाटित गरेको छ । 

नेपाली अर्थतन्त्र यतिबेला मन्दीको अवस्थामा छ । यो अरू कसैले भनेको होइन सभामुख महोदय, सरकारको आधिकारिक संस्था राष्ट्रिय तथ्यांक कार्यालयले गत हप्ता प्रकाशित गरेको तथ्यांकले बोलेको छ । देशको अर्थतन्त्र मन्दीमा गएको छ । मन्दीमा गएको छ भन्ने कुरा हामी ढाक्छौं कि मन्दीमा गएको छ भन्ने तथ्यलाई स्वीकार गर्छौं ? कि मन्दीमा गएको छ तर, यसलाई हामी योभन्दा अरू बिग्रिन नदिएर यसलाई लयमा फर्काउने, अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने त्यो संकल्पका साथ अगाडि बढ्छौं ? यो दोबाटोमा हामी छौं । नि:सन्देश अहिले हामीले के अठोट गर्नु पर्दछ भने सभामुख महोदय, नेपाली अर्थतन्त्र मन्दीमा गएको छ भन्ने तथ्यलाई स्वीकार गर्दै त्यसलाई सामना गर्ने र त्यसले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्दछ भन्ने मलाई लाग्छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासिकको कूल गार्हस्थ उत्पादन ०.४३ प्रतिशतले ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा यस आर्थिक वर्षको दोस्रो त्रैमासिकको कूल गार्हस्थ उत्पादन ०.७३ प्रतिशतले ऋणात्मक छ । अर्थात् अघिल्लो आर्थिक वर्षका लगातारका दुई त्रैमासिकको तुलनामा यस आर्थिक वर्षका तीनै दुईवटा त्रैमासिकहरूको कूल गार्हस्थ उत्पादन ऋणात्मक हुनुले मुलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुरा पुष्टि गर्दछ । यो यसको जबरजस्त प्रमाण हो सभामुख महोदय । यो सच्चाइलाई कि मुलुक आर्थिक रूपमा मन्दीमा गयो भन्ने सच्चाइलाई प्रस्तुत सिद्धान्त र प्राथमिकताले अस्वीकार गरेको छ, देख्न चाहेको छैन वा देखेर पनि नदेखेको जस्तो गरेको छ । मैले यदाकदा सुन्छु, यो सच्चाइ जस्ताको तस्तै भनिदियो भने जनतामा त्रास पैदा हुन्छ । त्यो त्रास नफैलियोस् भनेर पनि यो सच्चाइलाई लुकाउनु पर्छ भनेको पनि यदाकदा सुन्छु । सभामुख महोदय, यस प्रकारको विश्लेषणले जनताप्रति अविश्वास हुन्छ । त्यसकारण सत्यलाई जस्ताको तस्तै समाजका समक्ष र सदनका समक्ष प्रस्तुत गर्नु पर्दछ । सत्यले र तथ्यले सिर्जना गरेका चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्ने आँट गर्नु पर्दछ भन्ने मलाई लाग्छ सभामुख महोदय । यस दृष्टिकोणबाट हेर्दा प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ, सभामुख महोदय । 

सभामुख महोदय, अर्थतन्त्रका परिसूचकहरू अनेक कोणमा अत्यन्त गम्भीर छन् । चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहँदा आर्थिक वृद्धिदर ८ प्रतिशतमा हुन्छ भनेर उचो स्वरमा दावी गरिएको थियो । स्वभावैले ८ प्रतिशतको आर्थिक वृद्धिदर सबैका लागि आश लाग्दो कुरा थियो, हुन्छ भने होस् राम्रै कुरा हो भन्ने थियो । तर, आज हामी कहाँ आइपुगेका छौं ? आज हामी कुन ठाउँमा आइपुगेका छौं ? स्वयं राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनले हाम्रो चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सभामुख महोदय, २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण र अनुमान गरेको छ । कहाँको ८ प्रतिशतको अनुमान, सभामुख महोदय कहाँको २.१६ प्रतिशतमा खुम्चिने अवस्था ! हाम्रा अनुमानहरू कति हावादारी छन्, कति अयथार्थ छन्, कति ग्राउन्ड रियालिटीलाई इग्नोर गरेर प्रस्तुत हुन्छन् भन्ने कुराको यो एउटा नमुना हो सभामुख महोदय ।

सभामुख महोदय,

हामी कूल गार्हस्थ उत्पादनको ६.४१ प्रतिशत मात्रै बचतमा छौं । हाम्रो जति पनि गार्हस्थ उत्पादन छ, त्यसको ६.४१ प्रतिशत मात्रै बचत हुने गरेको छ । जीडीपीको ९३.५९ प्रतिशत खर्च हुन्छ, यसले हामी कहाँनिर छौं भन्ने बताउँछ सभामुख महोदय ।

राजस्व संकलनको कुरा गर्ने हो भने सभामुख महोदय, अत्यन्तै कहाली लाग्दो र अत्यन्तै त्रासदीपूर्ण अवस्थामा हामी आइपुगेका छौं । देश कसरी चल्छ ? अर्थतन्त्रज्यूले कसरी समाल्नु हुन्छ अर्थतन्त्रलाई ? त्यो ठाउँमा हामी आइपुगेका छौं । यो आर्थिक वर्षमा जुन लक्ष्य निर्धारण गरिएको थियो, त्यो लक्ष्यको तुलनामा आजका मितिसम्म आइपुग्दा लक्ष्यको तुलनामा हामीले ५० प्रतिशत मात्रै कर (राजस्व) परिचालन गर्न सकेका छौं । लक्ष्यको ५० प्रतिशत ! सभामुख महोदय यो कुनै जोकको विषय होइन । यो धेरै गम्भीर संकेत हो । सभामुख महोदय यसले हाम्रो देशको अर्थतन्त्रको अवस्था के छ भन्ने बताउँछ । 

लक्ष्यको तुलनामा ५० प्रतिशत कम भएको मात्रै होइन, सभामुख महोदय । गत वर्ष यही समयमा संकलन भएको राजस्वको तुलनामा यो वर्ष संकलन भएको राजस्व १३ प्रतिशतले कम छ । गत वर्षभन्दा १३ प्रतिशतले कम छ । यो वर्षको लक्ष्यको तुलनामा ५० प्रतिशतले कम छ र गत वर्षको तुलनामा हामी १३ प्रतिशतले कम छ । 

सभामुख महोदय,

राजस्व परिचालनसम्बन्धी अर्को एउटा कहालिलाग्दो आंकडा प्रस्तुत गर्ने अनुमति चाहन्छु :

आजको मितिमा चालू आर्थिक वर्षको राजस्व ७ सय ८ अर्ब संकलन भएको छ । गत आर्थिक वर्षमा आजकै मितिमा कति संकलन भएको थियो भन्दा ८ सय १७ अर्ब संकलन भएको थियो । सभामुख महोदय, हामी हिजो कहाँ थियौं र आज कहाँ आइपुग्यौं ? सभामुख महोदय, गत वर्षको तुलनामा मात्रै कम भएको होइन । चालू आर्थिक वर्षको राजस्व परिचालन गत वर्षको तुलनामा मात्र होइन, त्योभन्दा अघिल्लो वर्षको तुलनामा पनि कम छ, सभामुख महोदय । त्योभन्दा अघिल्लो वर्ष ७ सय २२ अर्ब हामीले यतिबेला संकलन गरेका थियौं । अहिले हामी ७ सय ८ अर्बमा छौं । गत वर्षको तुलनामा मात्रै होइन सभामुख महोदय, त्योभन्दा अघिल्लो वर्षको तुलनामा पनि हामी अहिले राजस्व परिचालनका दृष्टिकोणले पछाडि छौं । यसले के देखाउँछ सभामुख महोदय ? हाम्रो कर प्रशासन, हाम्रो राजस्व व्यवस्थापन कहाँनिर छ ? राजस्व परिचालनको यो अवस्थाले हामीलाई चौतर्फीरूपमा आर्थिक संकटतर्फ डोर्‍याइरहेको छ, धकेलिरहेको छ सभामुख महोदय । यसले स्वभाविक रूपमा सावर्जनिक खर्च व्यवस्थापनमा अत्यन्त ठूलो समस्या सिर्जना गरेको छ । सार्वजनिक खर्च व्यवस्थापन अहिले संकटापन्न अवस्थामा पुगेको छ । 

चालू आर्थिक वर्षको हालसम्मको खर्च गत वर्षको तुलनामा के छ ? आम्दानीको अवस्था त त्यस्तो छ । चालू आर्थिक वर्षको हालसम्मको खर्च गत वर्षको भन्दा १९ प्रतिशत बढी छ । खर्च १९ प्रतिशतले बढी छ तर राजस्व संकलन १३ प्रतिशत कम छ । सभामुख महोदय, १९ र १३ जोडेर हेरौं, हामी कहाँ छौं ? त्यस माथि मुद्रास्फिती जोड्दिऔं, हामी कहाँ पुग्छौं ? हाम्रो आर्थिक सामर्थ्य कहाँनिर छ ? त्यति मात्रै होइन सभामुख महोदय, अन्तर्राष्ट्रिय सहयोग चाहे ऋणको कुरा गर्नुस् चाहे अनुदानको कुरा  गर्नुस् । यसमा भारी मात्रामा कटौती छ । वैशाख २२ गतेसम्म आइपुग्दा हामीले वैदेशिक सहयोग, त्यो पनि ऋण जम्माजम्मी ५४ अर्ब मात्रै प्राप्त गरेका छौं । अनुदानको त कुनै गणनायोग्य आकार नै छैन । यस्तो अवस्था छ ।

सभामुख महोदय, 

आजसम्म आइपुग्दा पुँजीगत खर्च ३० प्रतिशतको हाराहारीमा मात्र हुन सकेको छ । सभामुख महोदय, संघीय सञ्चित कोष छ, त्यसको अवस्था के छ ? पछिल्ला दिनहरूमा म सुनिराखेको छु, सम्बन्धित निकाय वा कार्यालयले संघीय सञ्चित कोषको आँकडा सार्वजनिक गर्न हिचकिचाइरहेका छन् । त्यो दैनिक रूपमा बढी रहेको छ । म सुन्दै छु, संघीय सञ्चित कोष आजको मितिमा करीब २ सय अर्बले ऋणात्मक छ भने हामी आर्थिक दृष्टिकोणले कहाँ आइपुगेका छौं सभामुख महोदय ? 

सभामुख महोदय, चैत्र महिनासम्मको निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३४ प्रतिशतले कम छ । आयात १८.०८ प्रतिशतले कम छ । आयात त घट्यो नि भनेर चित्त बुझाउन खोजेको यताउता हामीले सुन्छौं सभामुख महोदय । यथार्थ त्यस्तो होइन । आयात घट्नु सकारात्मक कुरा हो सभामुख महोदय तर उत्पादन वृद्धि, रोजगारी सिर्जना र पुँजी निर्माणसँग सम्बन्धित वस्तुको आयातसमेत रोकिएका कारणले गर्दा सभामुख महोदय आयात १८.०८ प्रतिशत कम हुन गएको छ । यो कुनै सकारात्मक लक्षण होइन । 

सभामुख महोदय, 

निजी क्षेत्रमा प्रवाह भएको कर्जा गत वर्षको तुलनामा ७६ प्रतिशतले कम छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ । तलब, निवृत्तिभरण, सामाजिक सुरक्षा, सावाँब्याजको भुक्तानी, निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानी गर्नु पर्ने अनिवार्य दायित्व १२० अर्बभन्दा ज्यादा भइसकेको छ । उत्पादन, रोजगारी, माग, आपूर्ति, आयात र निर्यात सबैतिर भारी मात्रामा गिरावट छ । निजी क्षेत्रले इतिहासमा कहिल्यै नभएको एउटा पीडाको महसूस गरेको छ । निजी क्षेत्र यतिबेला अत्यन्तै ठूलो त्रासमा बाँचिरहेको छ । आफ्नो उद्योग, व्यवसाय कसरी सञ्चालन गर्ने, कसरी ऋणको सावा व्याज कसरी भुक्तानी गर्ने भन्ने समस्याबाट उनीहरू कल्पनातित पीडामा तड्पिरहेका छन्, निजी क्षेत्र तड्पिरहेको छ ।

लघु वित्त र सहकारी क्षेत्रमा देखा परेका समस्याहरू अत्यन्तै विकराल बनेका छन् । यी समस्याहरूले अर्थतन्त्रलाई अर्को कोणबाट चुनौती दिइरहेका छन् । मिटरब्याजीहरूका अपराध कर्मले अर्थतन्त्रका विरुद्धमा चुनौती खडा गरेको छ । सभामुख महोदय, यस प्रकारका समस्याका बीच हामी छौं ।

सभामुख महोदय,

यो सच्चाइलाई कि अर्थतन्त्रका परिसूचकहरू अत्यन्तै गम्भीर छन्, अत्यन्तै नकारात्मक छन् । आर्थिक दृष्टिकोणले हामी गम्भीर समस्यामा छौं र मुलुक आर्थिक मन्दीमा आइपुगेको छ । यदि हामीले सार्थक पहल लिन सकेनौं भने, जुन प्रकृतिको समस्या छ, त्यही उचाइबाट समस्याका विरुद्ध जुँध्ने आँट र योजना निर्माण गर्न सकेनौं भने सभामुख महोदय यो आर्थिक मन्दीको जुन अवस्था छ, आर्थिक मन्दी, आर्थिक संकट हुँदै आर्थिक दृष्टिले एउटा फेल्ड स्टेट तिर जाने र धेरै ठूलो चुनौती खडा हुने  जोखिम छ सभामुख महोदय । त्यसकारण हामी चान्नेचुन्ने अवस्थामा छैनौं, सामान्य अवस्थामा छैनौं भन्ने सच्चाइलाई महसूस गर्दै सिद्धान्त र प्राथमिकता तय हुनुपर्दछ र त्यो सिद्धान्त र प्राथमिकताको आलोकमा बजेट आउनु पर्दछ भन्ने मलाई लाग्छ सभामुख महोदय ।

तर, विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताले आर्थिक गतिविधिमा शिथिलता आएको, अर्थतन्त्र दवाबमा भएको, लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको, सरकारको वित्त सन्तुलनका चाप परेको जस्ता सामान्य पदावली प्रयोग गरिएको छ । मुलुक सामान्य अवस्थामा छ क्यारे भन्ने प्रकृतिका पदावलीहरूको प्रयोग गरिएको छ र आर्थिक मन्दीको अवस्थालाई वास्तवमा उजागर गर्न संकोच मानिएको छ वा छोप्न खोजिएको छ । सभामुख महोदय, यसले समस्याको समाधान दिँदैन । त्यसकारण राष्ट्रिय तथ्यांक कार्यालय लगायत सरकारी निकायबाट सार्वजनिक भएका तथ्यांकहरूलाई सदनसमक्ष प्रस्तुत गर्नु पर्दछ र त्यसका आधारमा हामी यहाँनिर छौं भनेर, यथार्थलाई स्वीकार गरेर अगाडि बढ्नु पर्दछ भन्ने मलाई लाग्छ । 

सभामुख महोदय,

सिद्धान्त र प्राथमिकताले के भन्छ भन्दा विश्वको आर्थिक परिदृश्य र केही आन्तरिक कारणले गर्दा यो अवस्था सिर्जना भएको हो भनेर यसले बताएको छ सभामुख महोदय । विश्वको आर्थिक परिदृश्यको सहायक भूमिका होला तर सभामुख महोदय विश्वको आर्थिक परिदृश्यको भूमिका निर्णायक होइन । यो कुरालाई हामीले स्वीकार गर्न सक्नु पर्दछ । सहायक हुन सक्ला तर यसको भूमिका निर्णायक होइन । यसका लागि वास्तवमा यो सत्ता गठबन्धनका हिजोका र आजका नीति र निर्णयहरू मुख्य रूपले जिम्मेवार छन् । म स्मरण गर्न चाहन्छु, सभामुख महोदय नाकाबन्दीको बेलामा हामीले हाम्रो अर्थतन्त्रलाई सम्हालेर लिएर आयौं, भुकम्पको बेलामा हामीले सम्हालेर लिएर आयौं, कोभिडको महामारीको बेलामा हामीले मुलुकलाई आर्थिक मन्दीमा जानबाट जोगाएर आयौं । सभामुख महोदय, आज के त्यस्तो खण्डखातिर पर्‍यो र मुलुक आज आर्थिक मन्दीको अवस्थामा आइपुगेको छ ? यो खण्डखातिर कहाँनिर परेको छ भने सत्ता गठबन्धनका आजका नीतिहरू र हिजोका नीतिहरू, आजका निर्णयहरू र हिजोका निर्णयहरूका कारणले गर्दा मुलुक आज आर्थिक रूपमा यो परिदृश्यमा आइपुगेको हो भन्ने सच्चाइलाई देख्न सक्नु पर्दछ, स्वीकार गर्न सक्नु पर्दछ भन्ने मलाई लाग्छ । 

सभामुख महोदय,

म अर्को तथ्यांक स्मरण गर्न चाहन्छु, २०७४ भन्दा अगाडिको दशकमा औसत ४ प्रतिशतको हाराहारीमा रहेको आर्थिक वृद्धिदर २०७४ देखि २०७६ सम्मको तीन आर्थिक वर्षमा हामीले औसत ६.५ प्रतिशतको हाराहारी माथि उठाउन सकेका थियौं । त्यस अवस्थाबाट हामी अहिलेको अवस्थामा आइपुग्यौं । २०७४ भन्दा अगाडि ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने गरेको थियो । २०७४ देखि २०७६ सम्म औसत ६.५ प्रतिशतको आर्थिक वृद्धि, मैले कुनै वैयक्तिक रूपमा यो आँकडा भनिरहेको छैन । सरकारका आधिकारिक आँकडाबाट मैले उद्धरण गरेको छु सभामुख महोदय । ६.५ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदरलाई हामीले २०७४ देखि २०७६ सम्म ६.५ प्रतिशत हाराहारीको औसतमा ल्याइ पुर्‍यायौं । तर आज त्यो ६.५ प्रतिशतको आर्थिक वृद्धिदर ७/८ हुँदै डबल डिजिटमा पुग्नु पर्ने अवस्थामा अहिले हामी कहाँ आइपुगेका छौं भन्दा सभामुख महोदय २.१६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपणमा आइपुगेका छौं । यो त प्रक्षेपण हो सभामुख महोदय । आर्थिक वर्षको अन्त्यसम्ममा यही प्रक्षेपण पनि कायम रहन्छ कि त्यसमा पनि कटौती हुन्छ भन्न सकिँदैन सभामुख महोदय । स्थिति यस्तो खालको छ । तसर्थ, नेपाली अर्थतन्त्रलाई यस्तो त्रासदीपूर्ण मन्दीको अवस्थामा र चपेटामा कसले पुर्‍यायो । यो विषयमा छलफल गर्नु पर्दैन सभामुख महोदय ? यसको जिम्मेवारी कसैले लिनु पर्दैन ? त्यसकारण म आग्रह गर्न चाहन्छु, फेरि पनि तथ्यमा टेकेर अगाडि बढ्ने आँट गरौं सभामुख महोदय ।

समस्या चिन्न नसक्ने हो भने, सरकारका आधिकारिक तथ्यांकहरूलाई विश्वास गरेर अगाडि बढ्न नसक्ने हो भने र त्यस अनुरूप सिद्धान्त र प्राथमिकतालाई रिसेटिङ गर्न तयार नहुने हो भने र समस्या केन्द्रित र समाधानमुखी भएर अगाडि बढ्न आँट नगर्ने हो भने सभामुख महोदय हाम्रो ओरालो यात्रा रोकिँदैन । ब्रेक फेल भएको ओरालोको गाडीको जस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्र नपुगोस् सभामुख महोदय । त्यो चिन्ताबाट चिन्तित भएर हामीले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्छ । तसर्थ म दोर्‍याएर भन्न चाहन्छु, हामीले चुनौतीलाई देख्ने, सामना गर्ने र हाम्रो अर्थतन्त्रलाई थप बिग्रिनबाट रोक्ने र क्रमशः गतिशील बनाउँदै लयमा फर्काउने र समृद्धितर्फको यात्रा सुनिश्चित गर्ने दृष्टिकोणका साथ जानु पर्दछ । त्यस अर्थमा सभामुख महोदय, कर्मकाण्डी शैलीको सिद्धान्त र प्राथमिकताले हुँदैन । त्यो उचाइबाट सिद्धान्त र प्राथमिकता आउनु पर्दछ । 

सिद्धान्त र प्राथमिकतामा राजस्व परिचालनका सन्दर्भमा देखा परेका गम्भीर समस्याहरू के हुन् ? किन यो तहको समस्या देखा पर्‍यो ? त्यसलाई देख्न सक्नुपर्‍यो । कर प्रणालीलाई प्रगतिशील र न्यायपूर्ण बनाउने, करको दायरा विस्तार गर्ने, कर प्रशासनलाई प्रभावकारी बनाउने, कर चुहावटलाई नियन्त्रण गर्ने हिम्मतका साथ आउनु पर्‍यो सभामुख महोदय । टालटुल गरेर राजस्व परिचालनमा देखा परेका यी समस्याहरूको समाधान हुन सक्दैन । त्यस्तै गरी सभामुख महोदय, सरकारी, सहकारी र निजी क्षेत्र बीचको सहकार्यलाई बढाउने, सहकारी र निजी क्षेत्रको मनोबल उठाउने, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, व्यापार असन्तुलन कम गर्ने दृष्टिकोण बोकेर सिद्धान्त र प्राथमिकता आउनु पर्‍यो सभामुख महोदय । समस्याको सामना गर्न होइन, वेवास्ता गर्न खोज्ने तरिकाबाट कहीँ पनि पुगिँदैन । दिगो र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने, गरिबीको रेखामुनि रहेका जनसंख्याको अनुपात कम गर्ने, गरिब र धनी बीचको खाडल घटाउने, संविधान प्रदत्त मौलिक हक, नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानीको अधिकार सुनिश्चित गर्ने जस्ता कुराहरू कुन जगमा उभिएर यी कुराहरू गरिन्छ, यी कुराहरू केवल ओठे अभिव्यक्ति हुन् कि कार्यान्वयनको सामर्थ्य यिनले राख्छन् भन्ने कुरा त्यसले बताउँछ सभामुख महोदय । 

सभामुख महोदय,

म के आग्रह गर्न चाहन्छु भने, हाम्रो देशको अर्थतन्त्र अत्यन्त गम्भीर अवस्थामा आइपुगेको छ । हामीले यो सच्चाइलाई राम्रोसँग महसूस गर्न जरुरी छ । यद्यपि सिद्धान्त र प्राथमिकतामा विभिन्न कुराहरू भनिएको छ । सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने भनेर । सामाजिक सुरक्षा क्षेत्रमा केकस्ता समस्या छन्, हामी त्यसमा प्रवेश गर्न चाहेका छौं कि छैनौं ? अहिले सामाजिक सुरक्षाका नाममा वितरणको प्रतिस्पर्धा छ सभामुख महोदय । वितरणको प्रतिस्पर्धा यहाँ संघीय संसदमा रहेका दलहरूका बीचमा मात्रै होइन सभामुख महोदय, तीन तहका सरकारहरूका बीचमा पनि छ । हामी त्यसलाई कसरी नियमित गर्छौं, कसरी प्रभावकारी बनाउँछौं, कसरी प्राथमिकीकरण गर्छौं, कसरी मुख्य समस्यामा केन्द्रित गर्छौं ? त्यस विषयमा केही छैन सभामुख महोदय । 

सभामुख महोदय, निजी क्षेत्रको मनोबल बढाउने भनेर पुग्दैन । निजी क्षेत्रको मनोबल हामी कसरी बढाउँछौं ? निजी क्षेत्र के भनिरहेको छ भने हिजो चालू पुँजी कर्जाले समस्या गर्‍यो, त्यसलाई किस्तामा तिर्ने व्यवस्था भयो, अब त्यसले पनि पुगेन । अब हामी ऋण तिर्न सकिरहेका छैनौं, ब्याज तिर्न सकिरहेका छैनौं, हाम्रो कारखाना चलिरहेको छैन, हाम्रो व्यापार चलिराखेको छैन । सभामुख महोदय, हरेक तेस्रो सटर देशव्यापी रूपमा बन्द हुँदैछ । तथ्यांक हामी संकलन गरौं त । हरेक पसल मध्ये तेस्रो पसल बन्द हुँदैछ र भोलि अर्को दोस्रो पसल पनि बन्द हुने अवस्था देखा पर्दैछ । उद्योग, कलकारखाना बन्द हुँदै छन् । त्यसकारण यो समस्यालाई हामीले कसरी समाधान गर्छौंं ? तसर्थ निजी क्षेत्रको मनोबल बढाउने भनेर हुँदैन । निजी क्षेत्र आज के भनिरहेको छ ? भन्दा उसको ऋणको, ब्याजको समस्या समाधान हुनुपर्‍यो । उसको उत्पादनका क्षेत्रमा जुन समस्या छन्, त्यसलाई समाधान गर्नु पर्‍यो । सरकारका नीतिहरू उत्पादनमैत्री र निजी क्षेत्रमैत्री हुनुपर्‍यो । उनीहरूले औद्योगिक क्षेत्रको माग गरिरहेका छन् । हामी जग्गा किनेर उद्योग स्थापना गर्न सक्दैनौं, लागतका दृष्टिकोणले कष्ट इफेक्टिभ हुँदैन । त्यसकारण हामीलाई राज्यले औद्योगिक क्षेत्रमा जग्गाहरू दिनुपर्‍यो र अरू प्रकारका पूर्वाधार दिनुपर्‍यो भनिरहेका छन् । त्यसतर्फ हामी ध्यान दिन सक्छौं कि सक्दैनौं ? उनीहरूका समस्यालाई वास्ता नगरेर निजी क्षेत्रको केवल मनोबल बढाउने मात्रै कुराले मनोबल बढ्दैन सभामुख महोदय । मनोबल बढाउन मनोबल बढाउने नीति र निर्णय लिएर अगाडि आउन सक्नु पर्दछ । त्यस हिसाबले लाग्नु पर्दछ । औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र लागत कम गर्ने ढंगले जानु पर्दछ भन्ने मलाई लाग्छ सभामुख महोदय ।

सभामुख महोदय, 

सभामुख महोदय, प्रवासी नेपालीहरूको माग के छ ? उनीहरूले हामी प्रवासमा बसे पनि मातृभूमिको सेवामा काम गर्न पाउँ भन्ने उनीहरूको चाहना छ । हामी प्रवासमा भए पनि हाम्रो मताधिकार सुरक्षित होस् भन्ने उनीहरूको चाहना छ । हाम्रो मताधिकार प्रवासमा हुँदैमा खण्डित नहोस् भन्ने उनीहरूको माग छ । हामी त्यसलाई सम्बोधन गर्न सक्छौं कि सक्दैनौं ? प्रवासी नेपालीहरूलाई मताधिकार सुरक्षित गर्न सक्छौं कि सक्दैनौं ? उनीहरूको सीप, प्रविधि, पुँजीलाई राष्ट्रनिर्माणमा सदुपयोग गर्न सक्छौं कि सक्दैनौं ? यो देश मेरो पनि हो भन्ने अनुभूत गराउन सक्छौं कि सक्दैनौं ? त्यस हिसाबले जान जरुरी छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा दामासाहीले सानो टोकन बजेट बाँड्ने बाहेक खास केही काम हुन सकेको छैन । सभामुख महोदय, म के आग्रह गर्न चाहन्छु भने, केवल कार्यक्रमहरूको फेहरिस्त प्रस्तुत गरेर मात्रै पुग्दैन । हामीले हाम्रा आवश्यकताहरूलाई प्राथमिकीकरण गर्न सक्नु पर्दछ । प्राथमिकीकरण गर्दा अहिले जुन प्रकारको चुनौतीको बीचमा हामी छौं । म आग्रह गर्न चाहन्छु, पूर्ववक्ता माननीयज्यूको भनाइलाई म समर्थन गर्न चाहन्छु, उहाँले ठीकै कुरा गर्नु भएको छ, यतिबेला ‘पपुलिष्ट हुने होइन, रियालिष्टिक’ एप्रोचको बजेट आउनु पर्दछ । ठीक हो, रियालिष्टिक एप्रोचको साथ बजेट आओस् । बजेटको साइज, बजेटमा निर्धारण गरिने कार्यक्रमहरूले यो समस्यालाई देखेको, बुझेको र समाधान दिन सक्ने ढंगले आउनु पर्दछ भन्ने मलाई लाग्छ । 

सभामुख महोदय, 

म अब धेरै लामो कुरा राख्न चाहन्नँ । सभामुख महोदय, बजेटले अवलम्बन गर्ने सिद्धान्तले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न सक्नु पर्दछ । हिजोको अनुभवका आधारमा वर्तमान मात्रै होइन, भावी पुस्ताको समेत हेक्का राख्नु पर्दछ । सबैलाई नेपालको नागरिक हुनुमा गरिमा र गौरवान्वित महसूस गर्ने वातावरण निर्माण गर्नु पर्दछ । सबैलाई अवसर र सम्मान उपलब्ध हुने कुराको सुनिश्चितता गर्नु पर्दछ । बजेटले आम जनतामा आत्मविश्वास, इच्छाशक्ति र उत्साहको लहर सिर्जना गर्न सक्नु पर्दछ । योजना कार्यान्वयन र उपलब्धिको संकल्प बोकेर बजेट आउनु पर्दछ । अन्तर्राष्ट्रिय जगतलाई राष्ट्रिय सामर्थ्यको पहिचान दिन सक्ने हुनुपर्दछ । राष्ट्रिय तहमा मात्रै होइन सभामुख महोदय, क्षेत्रीय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा समेत पनि हाम्रो हैसियत र हिस्सेदारी प्राप्त हुन सक्नेगरी अगाडि बढ्नु पर्दछ । यस्तो प्रकारको सिद्धान्त र प्राथमिकताको पर्खाइमा हाम्रो समाज छ सभामुख महोदय । यस्तो प्रकारको सिद्धान्त र प्राथमिकताले निर्देश गरेको समस्या चिनेको, समाधान देखेको र कार्यान्वयन हुनसक्ने रियालिस्टिक एप्रोचको, अग्रगामी भावधारासहितको, त्यसप्रकारको बजेटको अपेक्षामा हाम्रो समाज छ सभामुख महोदय । तसर्थ, सभामुख महोदय, म माननीय अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु कि नेपाली अर्थतन्त्रका सिद्धान्त र प्राथमिकताका कुरा गर्दा अब यथास्थितिवादले हुँदैन, तदर्थवादले पनि हुँदैन, सामान्य सुधारले मात्र पनि हुँदैन । रूपान्तरणकारी कदमका साथ अगाडि बढ्नु पर्दछ तर दुःखको कुरा सिद्धान्त र प्राथमिकता त्यस रूपमा आउन सकेको छैन ।

यिनै कुरा राख्दै सिद्धान्त र प्राथमिकतालाई यस रूपमा पुर्नलेखन गरियोस् भनेर म आग्रह गर्न चाहन्छु । धन्यवाद !

(नेकपा एमाले का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा २५ वैशाख, २०८० मा प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ ।)

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x