०९ साउन २०८३, शनिबार

म्याग्दीमा ‘लम्की स्किन’ देखियो

बैशाख २७, २०८०
म्याग्दीमा ‘लम्की स्किन’ देखियो

म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।  

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए । 

“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाले लम्की स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।”

गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्