×

NMB BANK
NIC ASIA

प्रहरी हिरासतमा पूर्व गृहमन्त्री : मेसको सादा दालभात, डीएसपीको कार्यकक्षमा बास !

बैशाख २८, २०८०

NTC
Premier Steels

तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ परेको २४ घण्टा नाघिसकेको छ ।

Muktinath Bank

नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने गिरोहलाई सघाएको आरोपमा खाँण बुधवार पक्राउ परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

रातिको समयमा अन्य थुनुवासँगै रहन नमानेपछि खाँणलाई एक डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको थियो ।

Vianet communication

खाँणले दालभातसहित सादा खाना खाएको प्रहरी स्रोतले जानकारी दियो ।

'उहाँलाई यहीँ मेसको सादा खाना दिएका थियौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

गृहमन्त्री छँदा नक्कली शरणार्थी खडा गर्ने गिरोहका लागि काम गरेको र पैसा समेत बुझेको प्रमाण भेटिएपछि खाँणलाई पक्राउ गरिएको हो ।

यस प्रकरणमा खाँणसहित १२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गिरोहका मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारीलगायत छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि रायमाझी फरार छन् ।

उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x