२५ असार २०८३, बिहीबार

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकियो, ‘तत्काल प्रक्रिया रोक्नुस्’ भन्ने पत्र सेवोनमा

बैशाख २९, २०८०
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकियो, ‘तत्काल प्रक्रिया रोक्नुस्’ भन्ने पत्र सेवोनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जको प्रक्रिया तत्काल रोक्ने विषयको पत्र नेपाल धितोपत्र बोर्ड (सेवोन) पुगेको छ । 

नयाँ स्टकको लाइसेन्स प्रक्रियामा थप अध्ययन गरेर जानुपर्ने भएकोले तत्काललाई प्रक्रिया रोक्ने निर्णय मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले गरेकाे जानकारी प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमल्सिनाले दिए ।  

प्रधानमन्त्रीले तत्काललाई नयाँ स्टकको लाइसेन्स रोक्न दिएको निर्देशनको जानकारी शुक्रवार विहानै इमेलमार्फत आइसकेको र आजै औपचारिक पत्र आउने जानकारी आएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले दिए । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि थप अध्ययन गर्नुपर्ने भनेकोले हाललाई सबै प्रक्रिया रोकिएको छ । 

नयाँ स्टक एक्सेचन्जको बारेमा अर्बौको चलखेल भएको भन्दै सांसद अमरेशकुमार सिंह र स्वार्णिम वाग्लेले सदनमै प्रश्न उठाएका थिए । संसदको प्रश्न, तीन वटा छुट्टाछुट्टै कर्पोरेट हाउसबीचको प्रतिस्पर्धा र लाइसेन्स हत्याउन भएको चलखेलका कारण तत्काललाई प्रक्रिया रोकिएको छ ।

नयाँ स्टकको इजाजतका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

यी तीनवटै ग्रुपमा कर्पोरेट क्षेत्रका हस्तिहरू जोडिएका छन् । एउटा कर्पोरेट क्षेत्र र अर्कोबीच भएको चर्को प्रतिप्रस्र्धाले आर्थिक चलखेलको आशंका गरिएको छ । धितोपत्रले आशयपत्र माग गर्दै अदालतमा मुद्दा परेर रोकिएको नयाँ इजाजतको प्रक्रिया अदालतकै आदेशबाट खुलेको थियो । सोही आदेश अनुसार केही ब्रोकरले इजाजत पाइसकेका छन् भने नयाँ स्टक र कमोडिटी एक्सचेन्ज प्रक्रियामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्