×

NMB BANK
NIC ASIA

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकियो, ‘तत्काल प्रक्रिया रोक्नुस्’ भन्ने पत्र सेवोनमा

बैशाख २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जको प्रक्रिया तत्काल रोक्ने विषयको पत्र नेपाल धितोपत्र बोर्ड (सेवोन) पुगेको छ । 

Muktinath Bank

नयाँ स्टकको लाइसेन्स प्रक्रियामा थप अध्ययन गरेर जानुपर्ने भएकोले तत्काललाई प्रक्रिया रोक्ने निर्णय मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले गरेकाे जानकारी प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमल्सिनाले दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीले तत्काललाई नयाँ स्टकको लाइसेन्स रोक्न दिएको निर्देशनको जानकारी शुक्रवार विहानै इमेलमार्फत आइसकेको र आजै औपचारिक पत्र आउने जानकारी आएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले दिए । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि थप अध्ययन गर्नुपर्ने भनेकोले हाललाई सबै प्रक्रिया रोकिएको छ । 


Advertisment
Nabil box
Kumari

नयाँ स्टक एक्सेचन्जको बारेमा अर्बौको चलखेल भएको भन्दै सांसद अमरेशकुमार सिंह र स्वार्णिम वाग्लेले सदनमै प्रश्न उठाएका थिए । संसदको प्रश्न, तीन वटा छुट्टाछुट्टै कर्पोरेट हाउसबीचको प्रतिस्पर्धा र लाइसेन्स हत्याउन भएको चलखेलका कारण तत्काललाई प्रक्रिया रोकिएको छ ।

Vianet communication
Laxmi Bank

नयाँ स्टकको इजाजतका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघले नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

यी तीनवटै ग्रुपमा कर्पोरेट क्षेत्रका हस्तिहरू जोडिएका छन् । एउटा कर्पोरेट क्षेत्र र अर्कोबीच भएको चर्को प्रतिप्रस्र्धाले आर्थिक चलखेलको आशंका गरिएको छ । धितोपत्रले आशयपत्र माग गर्दै अदालतमा मुद्दा परेर रोकिएको नयाँ इजाजतको प्रक्रिया अदालतकै आदेशबाट खुलेको थियो । सोही आदेश अनुसार केही ब्रोकरले इजाजत पाइसकेका छन् भने नयाँ स्टक र कमोडिटी एक्सचेन्ज प्रक्रियामा छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x