२४ जेठ २०८३, आइतबार
खानपान

लखनऊको प्रख्यात परिकार : १६० मसला हालेर बनाइने ‘टुन्डे कबाब’

बैशाख ३०, २०८०
लखनऊको प्रख्यात परिकार : १६० मसला हालेर बनाइने ‘टुन्डे कबाब’

इन्डियाको लखनऊ शहर कबाबका लागि निकै प्रख्यात स्थल हो । जहाँ कैयौ किसिमका कबाब चाख्न पाइन्छ ।

कबाबका पारखीहरूको घुइँचो लाग्ने लखनऊ शहरमा सधैं भीडभाड रहन्छ ।

मुगलहरूको प्रिय परिकार ‘टुन्डे कबाब’ लखनऊमा धेरै पहिलादेखि लोकप्रिय छ । मुखमा हाल्दा पग्लिने खालको मटन कबाबले कसको मन नतान्ला ? शाही भान्साबाट शुरू भएको यो परिकार लखनऊवासीले अहिलेसम्म जोगाइराखेका छन् ।

यो कबाबलाई टुन्डे कबाबी भनेर पनि चिनिन्छ । त्यसै पनि लखनऊ नबाबहरूको शहर हो, जहाँ प्रख्यात कवि, गीताकारहरूको बाहुल्य छ । जसलाई कबाब र बिर्यानीको खानि मानिन्छ । यस्ता कामोउत्तेजक खानाहरूको मुख्य घर भनेर यो शहरलाई चिनिन्छ ।

null

इतिहास, वास्तुकला, चमत्कार, समृद्ध साहित्य र भव्य पाक मामिला लखनऊ शहरको विशेषता हो । 

मासुका पारखीहरूका लागि रसिला कबाबहरू गलोती, बोटी, चपली, टुन्डे सबैको जन्मस्थल यही लखनऊ शहर मानिन्छ । यहाँका कबाबहरू दाँत नभएका बुढाबुढीले पनि सहजै खान सक्छन् । यी कबाबहरू बनाउँदा परम्परागत रूपमा जाने हो भने १६० प्रकारका मसला सामग्रीहरू जुटाउनुपर्ने हुन्छ ।

व्यावसायिक रूपमा व्यापक चल्न थालेपछि बिस्तारै मसला र सामग्री घटाएर सहज बनाइँदै गएको छ । 

null

कसरी बन्छ टुन्डे कबाब ?

टुन्डे कबाब बनाउन चाहिने सामगीः मटन, भेडा या राँगाको रातो फलमासुको किमा ५०० ग्राम, टुन्डे कबाब मसला पाउडर १ चिया चम्चा, काचो मेवाको पेस्ट ३ चिया चम्चा, गरम मसला पाइडर १ चिया चम्चा, अदुवा लसुनको पेस्ट १ चिया चम्चा, फ्राई काजुको पेस्ट १ चिया चम्चा, फ्राई अनियन पेस्ट १ चिया चम्चा, फाइन चप धनियाँ १ चम्चा, घ्युमा भुटेको बेसन १ चम्चा, गुलाब जल १ चम्चा, खुर्सानीको धुलो आधा चम्चा, केसर पानी १ चम्चा, शुद्ध घ्यु १ चम्चा, नून स्वादअनुसार, सुकमेलको दाना ५ पिस, ल्वाङ दाना ३ पिस ।

null

टुन्डे कबाब बनाउने विधिः दिएका सम्पूर्ण मसला हालेर मासुलाई माड्ने र पुनः ब्यलेन्डरमा हालेर ब्लेन्ड गरी मिहिन हुने गरी पिस्ने । पटक–पटक मासुलाई हातले माडेर मसाज गर्ने । एउटा बाटामा राखेर झरिलो गरी बालेको आगोको ३ फिलिङ्गो राखेर माथिबाट ल्वाङ, सुकमेलको दाना हाली घ्युले धुप दिने र माथिबाट अर्को बाटाले छोपिदिने ।

null

कम्तीमा आधा घण्टा रेस्ट गराएपछि सानो–सानो डल्लो बनाएर बाक्लो तातेको तावामा घ्यु हाली बाबर जसरी बर्गरको प्याटिज जस्तो बनाउने । ५ मिनेटपछि फर्काउने र पुनः ब्राउन कलर हुने गरी डाम्ने । एवम् रूपमा सबै कबाब डाम्नासाथ धनियाँ, पुदिना, लसुन, नून हालेर तयार गरिएको चटनीसँग तातो–तातो टेन्डे कबाब घरमै बनाएर खान सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्