×

NMB BANK
NIC ASIA

लोकान्तर प्रभावः मालपोत धनुषाले गैरकानूनी ढंगले गरेको जग्गा पास बदर

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, २० भदौ – मालपोत कार्यालय धनुषाले नियम विपरित गैरकानुनी ढंगले गरेको जग्गा पास लोकान्तरले खुलासा गरेपछि जग्गाको रजिस्ट्रेसन बदर भएको छ ।

१७ साउन २०७४ मा लोकान्तरले ‘मालपोत धनुषाले गैरकानुनी रुपमा व्यक्तिको नाउमा जग्गा पास गरेको खुलासा’ शिर्षकमा समाचार प्रकाशित गरेपछि मालपोत कार्यालयले लिखत बदर गरेको हो ।

लाखौं रुपैयाँको चलखेल गरेर जिल्ला मालपोत कार्यालय धनुषाले छुट जग्गा दर्तामा रहेको लालपुर्जा विनाकै जग्गाको रजिस्ट्रेसन पास गरेको थियो ।

धनुषाको साविकको एकराही गाविस तथा हाल विदेह नगरपालिका वडा नं. ५ मा रहेको जग्गा अनधिकृत तरिकाले रजिस्ट्रेसन पास गरिएको थियो । घुस लिएर अबैध तरिकाले जग्गा रजिस्ट्रेसन गर्न पल्किएका मालपोत कार्यालय धनुषाका कर्मचारीहरुको मिलोमतोमा अबैध तरिकाले जग्गा पास गरेको लोकान्तर खोजबाट पाइएको थियो ।

धनुषाको साविक एकराही गाविसमा बुवा अमरेशचन्द्र भट्टाचार्यको नामबाट छोरा असित कुमार भट्टाचार्यको नाममा केही जग्गाहरु आएको प्रमाणित देखिएपनि उक्त श्रेष्तामा कुनै पनि निर्णय नभई सरकारी कागज किर्ते गरी विभिन्न कित्ताबाट अरबौं मुल्य पर्ने जग्गा गैरकानुनी तरिकाले मालपोत कार्यालय धनुषाले रजिष्टे«शन पास गरिदिएको लोकान्तरले खोजबाट फेला पारेको थियो ।

श्रेष्तामा कायम गरी लालपुर्जा प्राप्ति नै नगरी सो जग्गा विना लालपुर्जाकै भुमाफियाहरुको नाममा मालपोत कार्यालय धनुषाले रजिष्टे«शन पास गरिदिएको पाइएको थियो ।

फिल्ड बुकमा जग्गा खाली रहेपनि त्यो जग्गा छुट दर्ता भएका कारण विगतमा एकराही गाविसका सिटहा साहु भन्ने सिताराम साहले जोतभोग गर्दै आएको थियो । फिल्डबुक खाली भएपछि छुट जग्गा दर्ता तर्फ कारवाहीका लागि प्रक्रिया अगाडी वढाउनु पर्नेमा सो गरिएको थिएन ।

धनुषाको साविक एकराही गाविस वडा नं. २ बस्ने अमरेश चन्द्र भट्टाचार्यको छोरा असित कुमार भट्टाचार्यले आफ्नो नाममा दर्ता रहेको एकराहीको विभिन्न कित्ता दर्ता रहेको मोठ श्रेष्ताबाट देखिएकोमा एकराही वडा नं. ३ को कित्ता नं. १, वडा नं. ४ को कित्ता नं. ८२,८३,८४ र ५१ को जग्गाहरु मध्ये कुल २ विघा २ कठ्ठा १८ धुर क्षेत्रफल जग्गा मोठमा चढेको भएपनि प्रमाणित गर्नेको सहि समेत कसले गरेको भन्ने स्पष्ट रुपमा खुल्न सकेको थिएन ।

कैफियतमा रजिष्टे«शन नम्बर ६ सय ४० को निर्णयानुसार कित्ता नं. ८२, ८३,८४, ५१ (असित) लेखिएको छ । तर प्रमाणित नभएको श्रेष्ताबाट देखिएकोमा उक्त जग्गा मध्ये कित्ता नं. ५१ को २ कठ्ठा १७ धुर जग्गा अधिकृत वारेशनामाबाट रजिष्टे«शन नम्बर ९७६०(ख) ११ जेष्ठ २०७४ मा पारित भएको राजिनामा लिखतबाट प्रविन कुमार साहलाई गैरकानुनी तरिकाले मालपोत कार्यालय धनुषाबाट विक्री गरिएको थियो ।

प्रविन कुमार साहलाई विक्री गरिएको उक्त जग्गा मध्ये कित्ता नं. ५१ को २ कठ्ठा १७ धुर जग्गा पुनः रजिष्टे«शन नम्बर ९९८९(ख) १७ जेष्ठ २०७४ मा पारित राजिनामा लिखत अनुसार कित्ता नं. ५१ मा कित्ता काट भई कित्ता नं. ६३१ र ६३० कायम गरिएको थियो ।

यसरी विक्री गरिएको जग्गाबाट दुई टुक्रा कित्तामा कित्ता काट गरिएको कित्ता नं. ६३१ को जग्गा मध्ये १ कठ्ठा जग्गा रामगुलाम यादवलाई विक्री गरिएको थियो ।

जबकी विक्री गरिएका ती जग्गाहरु बास्तवमा जग्गा दर्ता नभई छुट जग्गा रहेको पाइएको थियो । छुट जग्गा कसैले पनि विक्री गर्न पाउँदैन । र, मालपोत कार्यालय धनुषाले गैरकानुनी ढंगले छुट जग्गा अरुको नाउँमा विक्री वितरण गरेको थियो ।

समाचार प्रभावले लिखत बदर

लोकान्तरले तथ्य सहित उक्त समाचार सम्प्रेषण गरेपछि मालपोत कार्यालय धनुषाले आन्तरिक छानविनको प्रक्रिया अगाडि वढाएको थियो ।

छानविनबाट समेत जग्गा दर्ता नभई छुट जग्गा भएको भनेर बुझिन आएको हुँदा शंकास्पद देखिएको थियो । मालपोत ऐन २०३४ को दफा ८ (ख) १ अनुसार हुने गरी हाललाई ती सम्पुर्ण जग्गाहरु रोक्का राखि सोही ऐनको दफा ३२ (ख) बमोजिम ११ जेष्ठ २०७४ मा पास भएका लिखत रजिस्ट्रेसन नम्बर ९७६० (ख) र १७ जेष्ठ २०७४ मा पारित भएको रजिस्ट्रेसन नम्बर ९९८९(ख) को लिखत बदरका लागि भुमिसुधार तथा व्यवस्थापन विभागमा पत्राचार गरिएको थियो ।

१७ साउन २०७४ मा मालपोत कार्यालय धनुषाले उक्त जग्गाको लेखत बदर गर्न भुमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशकलाई पत्राचार गरेको थियो । ‘असित कुमार भट्टाचार्यको नाममा दर्ता रहेको यस कार्यालयको मोठ अभिलेख एकराही गाविसको श्रेष्ताको पाना नम्बर ११६५ को पछाडी पट्टी खाली रहेको भागमा दुषित तरिकाले वार्ड नम्बर ४ किता नम्बर १, ५१, ८२, ८३ र ८४ किताहरु यसै साथ संलग्न टिप्पणी आदेश अनुसार उल्लेख भए बमोजिम कायम भएको देखिन्छ ।

सो मध्ये किता नम्बर ५१ को २ कठ्ठा १७ धुर जग्गा ११ जेष्ठ २०७४ र सोही मध्ये १७ अषाढ २०७३ मा पारित लेखतहरु सक्कली कागजातहरु संलग्न रहेको लेखतहरु बदर गरिदिनु हु’ भन्दै १७ साउन २०७४ मा मालपोत कार्यालय धनुषाका कार्यालय प्रमुख रामबाबु मण्डलले भुमिसुधार तथा व्यवस्थापन विभागलाई पत्राचार गरेका थियो । त्यसपछि २२ साउन २०७४ मा कित्ता नं. ६३१ र ६३० जुन गलत तरिकाले कायम गरिएको थियो त्यसलाई खारेज गरी साविक कै ५१ नम्बर कित्ता कायम गर्न मालपोत धनुषा बाध्य भयो ।

रजिष्ट्रेशन बदर भई जग्गा फिर्ता

असित कुमार भट्टाचार्यको कित्ता नं. ५१ लाई कित्ता नं. ६३१ मा विभाजन गरी जग्गा पास गरिएको साविकको एकराही ४ तथा हाल विदेह नगरपालिका ५ का जुगल प्रसाद साहका छोरा प्रविण कुमार साहको नाममा १ कठ्ठा १७ धुर पास गरिएको जग्गा बदर गरी असित कुमार भट्टाचार्यको नाउँमा पुनः फिर्ता गरिएको छ ।

त्यसैगरी किता नं. ६३० मा साविकको दुहवी हाल विदेह नगरपालिका ३ का पुलकित यादवको छोरा रामगुलाम यादवको नाममा पास गरिएको १ कठ्ठा जग्गाको लेख तबदर गरी भट्टाचार्यको नाउँमा कायम गरिएको छ ।
यसरी लोकान्तरले समाचार प्रकाशित गरेपछि अबैध तरिकाले मालपोत कार्यालय धनुषाले पास गरेको छुट जग्गाको रजिष्ट्रेशन बदर गरी भट्टाचार्यको नाउँमा फिर्ता गर्न बाध्य भएको हो ।

कर्मचारीहरुलाई कारवाही तथा स्पष्टिकरण

गैरकानुनी ढंगले उक्त जग्गाको लेखत पारित गर्ने कार्यमा मालपोत कार्यालय धनुषाका कर्मचारीहरु नायव सुब्बाहरु रामदेव यादव, सरोज कुमार आचार्य, रामनारायण साह, खरिदारहरु मनोज कुमार यादव र सुबोध कुमार यादव, कार्यालय सहयोगी गणेश कुमार साह र लेखापढी व्यवसायी मोहम्मद आलम संलग्न रहेको पाइएको छ ।
छानविन गर्दा कार्यालय सहयोगी देखि नायव सुब्बा तहसम्मका कर्मचारीहरु दोषी पाइएका छन् ।

मालपोत कार्यालय धनुषाका कर्मचारीहरुको कारण गैरकानुनी तरिकाले जग्गा पास गराएपछि मालपोत कार्यालय धनुषाका कार्यालय प्रमुख रामबाबु मण्डलले सम्बन्धित कर्मचारीहरुलाई कारवाही स्वरुप स्पष्टिकरण सोधेका छन् ।

तामेली फाँटका नायव सुब्बा रामदेव यादवलाई १७ साउनमा सोधिएको स्पष्टिकरणमा ‘उक्त पारित लेखतका सन्दर्भमा सरकारी कागजातहरु विना कुनै निवेदन नलिई, प्रमाणित नगरी/नगराई व्यक्ति विशेषलाई कसरी दिनु भएको हो ? कानुन विपरित व्यक्ति विशेषलाई दिएको पाइएकोले यसमा तपाईलाई विभागिय कारवाही किन नगर्ने हो सो को चित्त बुझ्दो जवाफ सहितको स्पष्टिकरण जवाफ २४ घण्टा भित्र पेश गर्न सूचित गरिन्छ,’ उल्लेख छ ।

त्यसैगरी नासु सरोज कुमार आचार्यलाई सोधिएको स्पष्टिकरणमा ‘जग्गा पारित गर्दा के कुन प्रमाणहरुको आधारमा पारित गर्नु भएको हो ?’ उल्लेख छ । त्यसैगरी मोठ फाँटका खरिदार मनोज कुमार यादवलाई सोधिएको स्पष्टिकरणमा ‘पारित लिखत बमोजिम नयाँ श्रेष्ता बनाउने क्रममा उक्त जग्गाको मोठ बनाउँदा मोठ हेर्दा शंकास्पद देखिएको हो होईन ? देखिँदा देखिँदै कसरी मोठ काटिएको हो ? र, नयाँ मोठ श्रेष्ता कायम गरिएको हो ?’ प्रश्न सोधिएको छ ।

त्यसैगरी रजिष्ट्रेशन फाँट ख का टायपिस्ट नायव सुब्बा शिवशरण पंडितलाई सोधिएको स्पष्टिकरणमा ‘लिखत पारित गर्न ल्याएको लेखत साथ पेश भएका के कुन संलग्न कागजातहरु, प्रमाणहरुको आधारमा लेखत पारित गर्ने प्रक्रिया अगाडी वढाउनु भएको हो ? आफुले सम्पुर्ण कागजात चेक जाँच गर्नुपर्ने त्रुटि देखिएमा अधुरा प्रमाणको आधारमा कसरी पारित गर्ने प्रक्रिया अबलम्बन गरेको हो ? अधुरा प्रमाण भएमा पारित गर्ने प्रक्रिया रोक्नुपर्नेमा सो भए गरेको नपाइएको र त्रुटिपुर्ण अवस्थामा लेखत पारित गराइएको देखिँदा तपाईले अधुरा कागजात प्रमाणहरुको आधारमा लिखत पारितगर्ने प्रक्रिया अगाडी वढाएको हुँदा तपाईलाई विभागिय कारवाही किन नगर्ने हो ?’ प्रश्न सोधिएको छ ।

त्यसैगरी मोठ फाँटका नायव सुब्बा रामनारायण साहलाई सोधिएको स्पष्टिकरणमा ‘पारित लेखत बमोजिम जग्गाधनी प्रमाणपुर्जा दिँदा अभिलेख भिडाई दिनुपर्नेमा भिडाउँदाका बखत दुषित देखिएको हो होईन ? दुषित देखिँदा देखिँदै के कुन प्रक्रियाबाट के कुन प्रमाणको आधारमा पुरानो श्रेष्ता रद्द गरी नयाँ श्रेष्ता कायम गरेर जग्गा धनी प्रमाण पुर्जामा दस्तखत गरिदिनुभएको हो ? प्रमाण पुर्जा दिँदा सजगता नअपनाएको पाइएकोले तपाईलाई विभागिय कारवाही किन नगर्ने ?’ प्रश्नको जवाफ सोधिएको छ ।

त्यसैगरी गाविस एकराही समेतका मोठ फाँटका खरिदार सुबोध कुमार यादवलाई सोधिएको स्पष्टिकरणमा ‘मोठ अभिलेखमा शंकास्पद भएको देखिँदा देखिँदै पनि आफु भन्दा माथिको नायव सुब्बा वा अधिकृत समक्ष नदेखाई सोझै मोठ भिडाई भिडेको भनि दस्तखत गरी लिखत पारित हुने प्रक्रियामा किन अगाडी वढाउनु भएको हो ? यसमा तपाईले जानी जानी गरेको हो/ होईन ? जानी जानी गरेको भए किन विभागिय कारवाही नगर्ने ?’ प्रश्न सहितको चित्त बुझदो जवाफ माग गरिएको छ ।

यसरी गैरकानुनी ढंगले उक्त जग्गाको लिखत पारित गर्ने कार्यमा संलग्न रहेका कर्मचारीहरु नायव सुब्बाहरु रामदेव यादव, सरोज कुमार आचार्य, रामनारायण साह, खरिदारहरु मनोज कुमार यादव र सुबोध कुमार यादव गरी कुल पाँच जना कर्मचारीहरुलाई मालपोत धनुषाका प्रमुख रामबाबु मण्डलले स्पष्टिकरण सोधेका छन् ।

जवाफमा नासु शिवशरण पंडितले भनेका छन् ‘पारित भएको लिखत साथ पेश भएका सम्पुर्ण कागजात प्रमाणहरु मैले चेक जाँच गर्दा सो लेखत लेख्ने लेखनदास मोहम्मद आलमले प्रमाण पत्र नं. १००५ भएको लेखनदासले लिखत लेखि मोठ फाँटका कर्मचारी सुबोध यादवसँग जग्गाको मोठ कायम छ, रोक्का छैन भनि मोठ रोक्का भिडाइएको सो लेखत पेश गरेको थियो । संलग्न कागज प्रमाण हेर्दा जग्गा धनी पुर्जाको प्रतिलिपी, जग्गा धनिसँग काठमाण्डौ अदालतबाट प्रमाणित वारिसनामा पत्र, माल तिरेको रसिद, गाविसको घर बाटोको सिफारिस, वारिसनामा गराएको व्यक्ति जुगल प्रसादको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गा लिने प्रविण कुमारको नागरिकता प्रमाणपत्रको प्रतिलिपीको आधारमा जग्गा पारितको लागि नगदी रसिद काट्ने बेलामा जग्गा धनी पुर्जामा शंका लागेको हुँदा नगदी रसिद काट्न रोकेको थिएँ । यसै कार्यालयका कार्यालय सहायक गणेश साह सोनार (जो मसँग रजिष्ट्रेशन ख फाँटमा काम गरेको) ले सो पुर्जाको प्रतिलिपीमा शंका नगर्नुस्, जग्गा धनि र वारिस गराउने व्यक्ति जुगल प्रसादलाई राम्ररी चिन्दछु, फरक पर्ने छैन, फरक परे त्यसको जिम्मेवारी म लिन्छु भन्दा आफ्नै कार्यालय सहयोगीले भनेको हुँदा लेखत पासको लागि नगदी रसिद काटि लेखत पासको लागि यसै कार्यालयका नायव सुब्बा सरोज आचार्यले ख फाँटको लेखत पास गर्ने जिम्मेवारी पाएको हुँदा उहाँ समक्ष कार्यालय सहयोगी गणेश साहले पेश गरेको हो र सो लेखत पास गर्नु भएको रजिष्ट्रेशन नम्बर ९९८९ ख मिति २०७४÷२÷१७ को लेखत सोही लेखनदास स प्रमाण राखि प्रविण कुमारले कित्ता काट गरी १ कठ्ठा जग्गा बेचेको हो ।’

त्यसैगरी नायव सुब्बा सरोज प्रसाद आचार्यले दिएको स्पष्टिकरणको जवाफमा ‘ लेखत पारित गरिएको जग्गा काठमाण्डौ जिल्ला अदालतबाट प्रमाणित भएको अधिकृत वारिसनामा तथा मोठ फाँटबाट जग्गाको मोठ कायम छ, रोक्का छैन भनि राजिनामा लिखतमा मोठ भिडी आएको, रजिष्ट्रेशन फाँटबाट टोकन लागि सो मा लाग्ने राजश्व समेत बुझाएको नगदी रसिद समेतको आधार र सक्कल जग्गाधनी प्रमाणपुर्जा माग गर्दा यस मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी गणेश साह सोनारले अधिकृत वारेसलाई आफुले राम्रोसँग चिनेको, सक्कल पुर्जा ल्याउन भुलेको हुँदा अर्को दिन म ल्याएर राखिदिने छु, लिखत पारित गरिदिनु, म जिम्मेवार हुनेछु भनि विश्वास दिलाएको थियो । मालपोत अधिकृतहरु नभएको समयमा राजिनामा लिखत पारित गर्ने कार्य कार्यालय प्रमुखबाट आदेश भएको अनुसार नै राजिनामा लिखत पारित गरेको हो । सोही अनुसार मोठ रोक्का भिडी आएको हुँदा लिखत पारित गरिदिएको हुँदा यसमा मेरो कुनै गलत नियतले कार्य गरेको छैन,’ उल्लेख छ ।

त्यसैगरी खरिदार मनोज कुमार यादवले दिएको स्पष्टिकरणको जवाफमा ‘रजिष्ट्रेशन पास भएको लेखत मेरो छेउमै बसेर एकराही गाविसको मोठ फाँटका खरिदार सुबोध राय नभएको बेला जग्गाधनी प्रविण कुमार साहको नाउँमा मोठ श्रेष्ता कायम गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाईदिन लेखापढी गर्ने मोहम्मद आलमले रजिष्ट्रेशन पास भएको लेखत पेश गरेका थिए । त्यस लेखतमा ११ जेष्ठ २०७४ मा मोठ रोक्का भिडेको, पास गर्ने नायव सुब्बा र फाँटबालाको हस्ताक्षर भएको प्रविण कुमार साह फोटो टाँस गरी औंठा छाप लागेको, कम्प्यूटर प्रिन्ट भएको जग्गाधनी दर्ता प्रमाण पुर्जा कागजमा प्रविण कुमार साहको फोटो टाँस गरी दायाँ बायाँ औठाको छाप लागेको कागजात पेश गरिएको थियो । असित कुमार भट्टाचार्यको मोठ पाना नंं. ११६५ मा मोठ भिडेको मोठ ठेलीको पाना पल्टाउँदा सो पानाको पछाडी पट्टी वार्ड नं. ४ किता नं. ५१ क्षेत्रफल २ कठ्ठा १७ धुर जग्गामा ११ जेष्ठ २०७४ मा राजी लेखेको, कालो र रातोले जग्गा प्रमाणित भएको देखियो । त्यसपछि दा.खा.गर्ने कैफियत लेखियो । धनीको नाममा मोठ श्रेष्ता र जग्गाधनी प्रमाण पुर्जा बनाउने बखत झट्ट हेर्दा कालो र रातो म भन्दा पहिला काम गर्ने कर्मचारीको हस्ताक्षर देखिएकोले जग्गा प्रमाणित भएको देखियो । त्यो जग्गा शंकास्पद हो भन्ने कुरा त्यस फाँटमा पहिला काम गर्ने साथीले भनेको भए म मोठ काट्ने नै थिएन । कुनै गतल मनसाय, लोभलालचमा परी मोठ नकाटिएको हो । पहिला झैं छेउमा बस्ने साथी नहुँदा मोठ भिडाउने, रोक्का हेर्ने जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने, श्रेष्ता बनाउने, चिठ्ठी बुझने जस्ता नियमित काम झैं १४ जेष्ठ २०७४ मा प्रविण कुमार साहको नाउँमा मोठ श्रेष्ता कायम गरिएको हो । पारित लेखतमा मेरो हस्ताक्षर छैन ।’, उल्लेख छ ।

त्यसैगरी खरिदार सुबोध रायले दिएको स्पष्टिकरणको जवाफमा ‘उक्त जग्गा खरिद विक्री गर्ने क्रममा चाहिने कागजातहरु रसिद, घरबाटो सिफारिस, नासु भोगेन्द्र राउतको हस्ताक्षर भएको जग्गाधनी श्रेष्ता प्रतिलिपी र जग्गाधनी असित कुमार भट्टाचार्यको अधिकृत वारेसनामा संलग्न राखि जुगल प्रसाद साह तथा जग्गा खरिद गर्ने प्रविण कुमार साहको सहि छाप समेत गराई म कहाँ मोठ रोक्का भिडाउन लेखत पेश गरिएको थियो । म हालसालै लोकसेवा पास गरी आएको र मालपोत कार्यालयको काम सम्बन्धि न्यून अनुभव भएकोले वारेसनामा संलग्न भएको कारण मोठ रोक्का भिडाउन नमान्दा लेखनदास मोहम्मद आलम र यस कार्यालयका कार्यालय सहयोगी गणेश साहले पटक पटक भिडाईदिनु भन्दा पनि मैले मानेको थिईन । कार्यालय सहयोगी गणेश साहले म यस मान्छेलाई राम्ररी चिन्दछु, फरक परे सम्पुर्ण जिम्मेवारी लिन्छु भन्दा र कार्यालयमा भिडभाडका कारण सर्र हेर्दा जग्गा प्रमाणित भएको देखिँदा जग्गा आएको कैफियत हेर्न नभ्याई भुलवस मोठ भिड्न गएको हो । सोही बमोजिम प्रविण कुमार साहले लेखत पेश गर्दा मोठ रोक्का भिडाएको र रामगुलाम यादवको नाउँमा पास हुन गएको हो ।’,उल्लेख छ ।

संलग्न कर्मचारीहरुलाई आवश्यक विभागिय कारवाही गर्न भुमिसुधार तथा व्यवस्थापन विभागमा पत्राचार गरिएको भएपनि हालसम्म कुनै पनि कर्मचारीहरुलाई आवश्यक कारवाही गरिएको छैन । स्रोतका अनुसार ती कर्मचारीहरुले कारवाही नगर्नका लागि विभागमा सेटिङ्ग मिलाई सकेका छन् । द एक्सक्लुसिभले उक्त समाचार सम्प्रेशन गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट खटिएको टोलीले जिल्ला मालपोत कार्यालय धनुषामा छापामारी आवश्यक कागजातहरु जफत गरी अनुसन्धानको प्रक्रिया समेत अगाडी वढाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x