०९ साउन २०८३, शनिबार

अर्थ समितिमा सूर्य थापाको प्रस्ताव– स्वार्थ बाझिने सांसदले स्वघोषणा गरेर समिति छाडौं

अर्थ समितिमा सूर्य थापाको प्रस्ताव– स्वार्थ बाझिने सांसदले स्वघोषणा गरेर समिति छाडौं

नेकपा एमालेका सांसद सूर्य थापाले स्वार्थ बाझिने सांसदले अर्थ समितिमा नबस्ने घोषणा गर्न प्रस्ताव गरेका छन् । 

मंगलवार बसेको अर्थ समितिको पहिलो बैठकमा सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नयाँ व्यवस्थाबारे ध्यानाकर्षण गराएका हुन् । 

व्यापारिक पृष्ठभूमिबाट आएका नेपाली कांग्रेसका विनोद चौधरीलगायत केही सांसद अर्थ समितिमा बसेका छन् । विगतमा पनि व्यावसायिक पृष्ठभूमिका सांसदले अर्थ समिति रोज्ने गरेका थिए । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७५ को (२) र (३) मा सदस्यहरूको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था उल्लेख छ ।

अर्थ समितिको पहिलो बैठक नेपाली कांग्रेसका जेष्ठ सदस्य सन्तोष चालिसेको अध्यक्षतामा बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्