२२ असार २०८३, सोमबार
सत्ता गठबन्धनको बैठक

सत्तारुढ १० दलको बैठक सकियो, बजेटमा सुझाव पेश गर्न भोलिसम्मको समय

सत्तारुढ १० दलको बैठक सकियो, बजेटमा सुझाव पेश गर्न भोलिसम्मको समय

सरकार समर्थित १० दलको बैठक सकिएको छ ।

बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी दलका नेतालाई बोलाइएको थियो । 

त्यस्तै, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका नेता पनि सहभागी थिए । 

सिंहदरबारमा बसेको बैठकमा दलका शीर्षसहितका नेता सहभागी थिए ।

त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले साझेदार दलहरूसँग सुझाव मागेका थिए ।

'प्रधानमन्त्रीले बजेटमा सुझाव माग्नुभएको छ,' जसपा अध्यक्ष उपेन्द्र यादवले भने, 'भोलिसम्ममा आ-आफ्नो सुझाव पेश गर्ने कुरा भएको छ ।'

यस्तै जनमत अध्यक्ष सीके राउतले आफूले सिञ्चाइ लगायतका विषयलाई बजेटमा समेट्नुपर्ने कुरा राखेको लोकान्तरसँग बताए ।

salt training

कमेन्ट गर्नुहोस्