२९ असार २०८३, सोमबार

फिल्ममा डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

फिल्ममा डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी उनले फिल्म ‘वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन् ।

यो फिल्म सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको हो । 

फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् ।

फिल्मका लागि दिव्या आगामी एक/डेढ महिनाभित्रमा नेपाल आउने बताइएको छ । 

आगामी दसैंपछि फिल्मको छायांकन सुरु गर्ने योजना निर्माताको छ । 

दिव्याको सुन्दरतालाई लिएर पनि नेपाली मिडियामा चर्चा हुँदै आइरहेको थियो । उनलाई यसअघि पनि धेरै फिल्मबाट अफर पुगेको थियो ।

यद्यपि, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । मास्टर्स सकेर अमेरिकामा आइटी क्षेत्रमा काम गरेकी उनी अन्ततः टिम र आफ्नो चरित्र मन परेपछि भने उनी ‘वरिष्ठ बलराम’मा काम गर्न तयार भएकी हुन् ।

अभिनेता दीलिप भने पछिल्लो समय पनि नेपाली फिल्ममा सक्रिय छन् ।

उनको अभिनय रहेको फिल्म ‘परदेशी २’ आगामी दसैंमा प्रदर्शनमा आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्