०४ साउन २०८३, सोमबार

विपद् व्यवस्थापनका लागि सेनाको 'अभ्यास हातेमालो'

विपद् व्यवस्थापनका लागि सेनाको 'अभ्यास हातेमालो'

नेपाली सेनाले विपद् व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि अभ्यास ‘हातेमालो–५’ सम्पन्न गरेको छ ।

जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने अभ्यास ‘हातेमालो–५’ कार्यक्रम सोमवार सम्पन्न भएको हो ।

उक्त समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विपद्को समयमा आवश्यक प्रभावकारी समन्वय र सहकार्यका लागि यस प्रकारका अभ्यासहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। 

कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म सञ्चालनका लागि सेनाले प्राथमिकता दिने सेनाको योजना रहेको उनले बताए ।

व्यावसायिक कर्तव्य र जिम्मेवारीका साथै समृद्धिको बाधकको रुपमा आइपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने वास्तविकताका बीच यस प्रकारको अभ्यास र अन्तरक्रियाले राज्यले अवलम्बन गरेका नीति र कार्य योजनालाई यथार्थमा परिणत गर्ने उनको विश्वास छ । विपद् व्यवस्थापन गर्न सक्षम राष्ट्र बनाउन अभियानले मद्दत पुर्‍याउने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस किसिमको समन्वयात्मक सहकार्यले विपद् प्रति कार्यमा थप योगदान पुग्ने बताए । जनधनको क्षतिलाई न्यूनीकरण गर्न हालको कमाण्ड तथा रेस्पोन्स प्रणालीलाई अझै चुस्तदुरुस्त बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।​

यसवर्ष मनसुनको समयमा हुन सक्ने बाढीपहिरोको परिदृश्यमा आधारित रही सञ्चालन भएको दुई दिवसीय केन्द्रीयस्तरको अभ्यास हातेमालो–५ मा नेपाली सेनाका रथी तथा अधिकृत, विभिन्न मन्त्रालय तथा अन्य सुरक्षा निकायका प्रतिनिधि, रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्