०५ साउन २०८३, मंगलबार

सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत ट्रान गर्‍यो शैक्षिक सामग्री वितरण

सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत ट्रान गर्‍यो शैक्षिक सामग्री वितरण

ट्रिनिटी भूतपूर्व विद्यार्थी संगठन नेपाल (ट्रान)ले ‘सबैका लागि शिक्षा–०२’ कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।​

ट्रानले नेपालका विकट ठाउँमा सञ्चालित विद्यालय र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

सोही अनुरूप यसपटक ट्रानले दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँस्थित  सिमीगाउँ प्राथमिक विद्यालय र बिगु गाउँपालिका–१ जगतस्थित गौरीशंकर उच्च माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।

गत वैशाख २८ गते, बिहीवार संस्थाले गौरीशंकर उच्च माध्यमिक विद्यालयमा कक्षा १० सम्मका तीन सय ४६ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको ट्रानले जनाएको छ ।

त्यस्तै वैशाख २९ गते, शुक्रवार सिमीगाउँ प्राथमिक विद्यालयमा कक्षा ५ सम्मका ३० विद्यार्थीहरूलाई विभिन्न शैक्षिक एवं खेलकुदका सामग्री वितरण गरेको थियो। विद्यालयलाई दुईवटा कम्प्युटर पनि उपलब्ध गराइएको ट्रानले जनाएको छ ।

‘कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो। शैक्षिक सामग्री वितरणसँगै हामीले विभिन्न कार्यक्रमहरू पनि आयोजना गरेका थियौं,’ सबैका लागि शिक्षा –०२ का कार्यक्रम संयोजक सदिपराज पाण्डेले भने। 

उनका अनुसार विद्यालयहरू दुईवटा कार्यक्रमस् विद्यालयमा लैंगिक हिंसा र जलवायु परिवर्तनको शिक्षा विषयक कार्यशाला पनि सञ्चालन गरिएको थियो। साथै मनोरञ्जनात्मक प्रतियोगिता पनि आयोजना गरिएको थियो। 

‘विद्यार्थीहरूसँग अन्तर्क्रियात्मक कार्यक्रमहरू गरी उनीहरू र बसोबास गर्ने समाजबारे बुझ्न पायौं। हाम्रो सानो सहयोगले पनि उनीहरूको दैनिकीमा ठूलो भूमिका खेल्नेमा हामी सकारात्मक छौं। सिमीगाउँ जस्तो विकट ठाउँमा कार्यक्रम लग्नु हाम्रो लागि पनि निकै ठूलो चुनौती र उपलब्धि हो’ उनले भने ।

कार्यक्रमको लागि मुख्य प्रायोजक ट्रिनिटी इन्टरनेसनल कलेज रहेको थियो भने कलेजका विद्यार्थीहरूको पनि सहयोग रहेको संस्थाको भनाइ छ।

कार्यक्रमको गोल्ड पार्टनर ‘आइसिएफसी फाइनान्स लिमिटेड’, शिक्षा पार्टनर ‘टिग’, बेभरेज पार्टनर ‘जिरु ड्रिङ्क्स’, फुड पार्टनर ‘पशुपति इन्ट्यान्ट फुड्स’, क्रियटिभी पार्टनर ‘पोको किड्स’, गिफ्ट पार्टनर ‘मस्तकला’ र स्पोर्ट्स पार्टनर ‘न्यू सिग्मा इन्टरनेसनल’ रहेको थियो। ​

यसभन्दा अघि ट्रानले २०७९ भदौंमा नुवाकोट बट्टार नगरपालिकास्थित विदुर ४ मा रहेको युनाइटेड आधारभूत विद्यालयमा ‘सबैका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री प्रदान गरेको थियो ।

nullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्