
काठमाडौंको ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट ४९ क्लबमा परेको छ । युकेस्थित डिजे म्यागले सन् २०२३ का लागि छनौट गरेकोसय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो ।
गएराति डिजेले विश्वका उत्कृष्ट क्लबहरूको र्याङ्किङ सार्वजनिक गरेको छ। म्यागमा विश्वएभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।
यसअघि सन् २०२२ का लागि 'एलओडी' क्लबले ५२औं स्थानमा प्रवेश पाएको थियो ।
केही समयअघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो ।
एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने क्लबका निर्देशक भुपेन शमशेर कुँवरले बताए ।
क्लबसँगै राष्ट्रको नाम जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ ।
चार वर्षअघि स्थापना भएको क्लबमा एकसाथ २५ सय मानिस अट्न सक्ने क्षमता छ । क्लबले करिब १५० जनालाई रोजगारी दिएको छ ।