२९ असार २०८३, सोमबार

युवाहरूलाई बचाउन विधायकले समुद्रमा हामफाले, ३ जनाको उद्धार

जेठ १८, २०८०
युवाहरूलाई बचाउन विधायकले समुद्रमा हामफाले, ३ जनाको उद्धार

गुजरातको राजुलास्थित पटवा गाउँमा बुधवार ४ जना युवाहरू समुद्रमा नुहाउन गएका थिए । त्यसक्रममा उनीहरू गहिरो पानीमा गए ।

घटनापछि स्थानीयले भारतीय जनता पार्टी (भाजपा) विधायक हीरा सोलंकीलाई खबर गरे । लगत्तै उनले घटनास्थलमा आएर समुद्रमा हामफाले ।

उनीसहित उद्धार टोलीले ३ जनालाई जीवितै उद्धार गरेको छ तर १ युवक भेटिएनन् । २ घण्टासम्म खोज्दा १ जना मृत फेला परेका छन् ।

समुद्रमा नुहाउन कल्पेश रियाल, विजय गुजरिया, निकुल गुजरिया र जीवन गुजरिया गएका थिए । जसमध्ये जीवनको निधन भएको छ भने अन्य ३ जनाको उद्धार गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्