
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् ।
थुप्रै हिट गीतका सर्जक बिजीले आफ्नै गृहजिल्ला स्याङजाकी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् ।
उनी लामो समयदेखि अस्ट्रेलियाको मेलवर्न बस्दै आएकी छन् ।
बिजी र श्रेष्ठले केही वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह गरेर उनीहरू केही दिन अगाडि अस्ट्रेलिया पुगिसकेका छन् ।
बिजी निकटस्थहरुका अनुसार उनी अब स्थायी रुपमै अस्ट्रेलिया बसोबास गर्ने तयारीमा छन् ।
लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरूले सर्जक बिजीलाई सामाजिक सञ्जालमार्फत विवाहको बधाईसहित दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।
बिजीले लेखेका ‘सुनपानीले छर्क मायालु’, ‘सररर पानी घट्टमा’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘तीते करेलीले’, ‘देउरालीमा धजा’, ‘चिया छानेको’ इत्यादि लोकदोहोरी गीतहरू निकै हिट छन् ।
फिल्मको कथा लेखनमा समेत उनले पाइला चालेका छन् । उनको लेखन रहेको फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउँदैछ ।
यो पनि :