०५ साउन २०८३, मंगलबार

लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ सार्वजनिक

जेठ २९, २०८०
काठमाडौं
लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ सार्वजनिक

लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ शनिवार  लोकार्पण भएको छ । प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः  बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण गरेका थिए । 
प्रा.डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजल लेखनको विगतदेखि वर्तमानसम्मको अवस्था र पलकभित्रका गजलका  शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए । प्रा.डा. कृष्णहरि बरालले गजलको सिद्घान्तका बारेमा धारणा राख्दै पलकभित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जनजीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनका गजलको शक्ति हो भन्ने विचार व्यक्त गरेका थिए । 

 गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आ–आफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए । ‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ ।’  लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजलसङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरेका थिए । गजलसङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रालिले बजारमा ल्याएको छ ।

कमेन्ट गर्नुहोस्