२८ असार २०८३, आइतबार

अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले लिए हवाई सेवा

असार ४, २०८०
काठमाडौं
अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले लिए हवाई सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले हवाई सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार  सन्  २०२३  को  जनवरीदेखि  मेसम्म  अन्तर्राष्ट्रियतर्फ  आठ  लाख  ४६  हजार  २०७  यात्रु  भित्रिएका छन् भने नौ लाख ९७ हजार २८३ यात्रु नेपालबाट बाहिरिएका छन् ।

उक्त  अवधिमा  अन्तर्राष्ट्रियतर्फका  छ  हजार  ३८२  वटा  विमानले  उडान  भरेका  छन्  भने  छ  हजार  ३८४  विमान  अवतरण  भएको  विमानस्थल  कार्यालयको तथ्याङ्कले देखाएको छ । जनवरीदेखि मेसम्मको अवधिमा आन्तरिकतर्फ १६ लाख ३० हजार ९५० यात्रुले हवाई सेवा लिएका छन् ।

तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ जनवरीमा तीन लाख ४५ हजार ७२१, फेब्रुअरीमा तीन लाख ३३ हजार ६२५, मार्चमा तीन लाख  ९७  हजार  ८७१,  अप्रिलमा  तीन  लाख  ८९  हजार ४०९, मेमा तीन लाख ७६ हजार ८६४ यात्रुले ओहोरदोहोर गरेको गोरखापत्रले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्