मंसिर ७, २०८०
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
काठमाडाैं | असार ७, २०८०
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअगाडि एकैनासका चारवटा भ्यान राखिएका छन् । झट्ट हेर्दा यी भ्यान निकै पुराना र कबाडजस्ता देखिन्छन् ।
भ्यानको टायरमा हावा फुस्किएको छ । रंग उडेको छ । अक्षरहरू बुझिने अवस्थामा छैनन् । खिया देखिन थालेको छ । गाडीवरिपरि झाडी भइसकेको छ ।
यो दृश्य हेर्दा गाडी कबाड बन्दै गरेको भन्न हिच्किचाउनु पर्दैन । तर, यी भ्यानहरू कबाड बन्नुपर्ने अवस्थाका भने हैनन् । यीमध्ये अधिकांश प्रयोग नै भएका छैनन्, नयाँमा नै कबाड बन्न लागेका हुन् ।
भ्यानलाई विभागले नै यस्तो अवस्थामा पुर्याएको हो ।
खाद्य तथा पोषणको गुणस्तर परीक्षणका लागि विभागले २०७५ साल वैशाखमा प्रयोगशालाजडित भ्यानहरू खरिद गरेको थियो ।
खरिद गर्दा विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समान दुई–दुईवटा भ्यान प्रयोग गर्ने भनिएको थियो ।
शुरूआति केही महिना विभागले एउटा गाडी खाद्य परीक्षणका लागि उपयोग पनि गर्यो, तर दीर्घकालसम्म त्यसले निरन्तरता पाउन सकेन ।
भ्यान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यसलाई प्रयोग नगरी थन्क्याइयो ।
विभागले यी सवारी २८ करोड रुपैयाँमा प्रुडेन्ट सप्लायर्समार्फत खरिद गरेको थियो । प्रतिसवारी ७ करोडका दरले खरिद गरिएको हो ।
जम्मा ८० लाखमा गाडी किनेर प्रतिगाडी ६ करोड २० लाख भ्रष्टाचार भएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।
उजुरीमा ७ वटा गाडी किन्दा कुल २४ करोड ८१ लाख भ्रष्टाचार भएको आरोप लगाइएको थियो ।
उक्त उजुरी सम्बन्धमा अनुसन्धानपछि अख्तियारले विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण तथा प्रुडेन्ट सप्लायर्सका प्रविन कुँवरसहित १३ जनाविरुद्ध २०७६ असार ५ गते मुद्दा दायर गर्यो ।
उक्त मुद्दामा विशेष अदालतले २०७९ वैशाख २५ मा अभियुक्तहरूलाई क्लिन चीट दिए पनि अख्तियार पुनरावेदन लिएर सर्वोच्च अदालत गएको छ ।
सर्वोच्चमा विचाराधीन मुद्दा तथा गुणस्तर परीक्षणको तरिका सप्लायर्सले नसिकाएकाले प्रयोगशाला सञ्चालनमा समस्या भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् ।
‘पहिलो कुरा त यो मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ,’ प्रवक्ता महर्जन भन्छन्, ‘त्यस्तै आयातकर्ताको तर्फबाट दिइनुपर्ने तालिम र ल्याब अपरेसनको जानकारी दिइएको छैन ।’
उनले सप्लायर्सलाई पटक–पटक ताकेता गर्दा पनि ल्याब प्रयोगबारे जानकारी नदिइएको गुनासो गरे ।
‘गाडी कुदाउने मात्रै यो योजनाको लक्ष्य होइन, त्यहाँ भित्र रहेका ल्याबका सामानहरू चलाएर खाद्य परीक्षण मुख्य काम हो,’ उनी भन्छन्, ‘जुन काम हामीले सिक्नै पाएका छैनौं ।’
विभागले थोरै मात्रै पहल गर्ने हो भने पनि यी प्रयोगशाला सञ्चालनमा आउने देखिन्छ । तर, विभागले आवश्यक पहलकदमी लिन सकेको देखिन्न ।
हेर्नुहोस्, भिडियो :
फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...