×

NMB BANK
NIC ASIA

काठमाडौं, २५ भदौ— पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका केहि सांसदले नेतृत्वविरुद्ध विद्रोहको तयारी गरेका  छन् ।rana

Muktinath Bank

 सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका  राणाविरुद्ध फेरि केहि सांसदहरुले विद्रोहको तयारी गरेका हुन् । रोचक त के छ भने व्रिदोहको तयारी पनि त्यही सरकारकै विषय रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राप्रपा प्रजातान्त्रिक स्रोतका अनुसार   पार्टीमा कुनै छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई  शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराउन लागिएपछि  पद नपाउनेहरु आक्रोशित बनेका छन् । उनीहरुले नेतृत्वले निर्णय नसच्याए सभासद र केन्द्रीय सदस्य पदबाट राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

यसरी चेतावनी दिनेहरुमा तत्कालिन राप्रपाले संविधान संशोधनको  पक्षमा मतदान गर्ने निर्णय गर्दा  गायव बनेका सांसदहरुमध्ये  कम्तीमा ७ जना  समेत रहेका छन् ।

Vianet communication

 आइतबार बिहान राप्रपा प्रजातान्त्रिकको कार्यालयमा बसेको संसदीय दलको बैठकमा  बोहरा, थापा र पाण्डेलाई सहकारमा पठाउने निर्णय सुनाइएको  थियो ।  यस्तै राज्यमन्त्रीको रुपमा रेशम कुमार लामालाई पठाउने निर्णय पनि भएको बताइएको थियो ।

पार्टी विभाजनका बेला राणालाई बलियो साथ दिएपनि लाभको पद लिने बेलामा भने सीमित टाउके नेताहरुलाई मात्रै अवसर दिएको गुनासो असन्तुष्टहरुको छ । हाल मन्त्री हुने तयारीमा रहेका बोहरालाई उपाध्यक्ष र  संसदीय दलको नेता पनि बनाइएको छ भने   पाण्डेपनि उपाध्यक्ष र दलको उपनेता रहेका छन् । यस्तै सुनील थापा महामन्त्री हुन् । यता अर्का महामन्त्री लामालाई पनि राज्यमन्त्री बनाइन लागिएको तर सारथीहरुलाई भने मन्त्री बनाइनुको साटो छलफल समेत नगरिएकाले आक्रोश पैदा भएको  पार्टी स्रोत बताउँछ । 

लाभको पद  दिइँदा   पूर्व राप्रपा नेपाल पृष्ठभूमिकालाई त झन्   महत्व नदिइएको एक सांसदले बताए ।   पार्टी विभाजन हुँदा राप्रपा नेपाल पृष्ठभूमिका ६ सांसदसहित दर्जनौं केन्द्रीय सदस्यले  राणालाई साथ दिएका थिए ।

राप्रपा सांसद राज्यलक्ष्मी श्रेष्ठले पार्टीमा  ८ जना महिला सांसद रहेको भएपनि एकजनालाई पनि स्थान नदिइनु दुःखद भएको बताइन् ।  उनले आफू पदको लागि मरिहत्ते गर्ने मान्छे नभएपनि  पार्टीमा उचित सम्मान नहुँदा मन दुखेको बताइन् ।

भोलि सोमबार यसबारेमा अध्यक्षलाई भेटेर  आफूहरुले खुलस्त कुरा राख्ने भन्दै आजको भेटमा  सबैलाई समेटेर अघि बढ्ने आश्वासन  पाएको उनको भनाई छ ।

 पार्टी विभाजन भएको एक महिना नबित्दै राप्रपामा समस्या हुनुलाई पूर्वपञ्चहरुको पार्टी सत्ताकै वरिपरी रहने प्रवित्तिको रुपमा धेरैले लिएका छन् ।

राणाले व्यवस्थापन नगरे सांसदहरुले राजीनामा दिनेसम्मको तयारी गरेको भएपनि अहिले पार्टी विभाजन भने नहुने निश्चित छ  । किनकी एक पटक फुटेको पार्टी एक वर्षसम्म पुन: विभाजन हुन नपाउने प्रावधान रहेको छ ।  यद्यपी  पार्टीलाई ठूलै धक्का भने पुग्ने निश्चित छ  ।

राणाले कमल थापाको कार्यशैलीप्रति  विमती जनाउँदै गत साउन २२ गते  पार्टी फुटाएर निर्वाचन आयोगमार्फत नयाँ दलको मान्यता प्राप्त गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x