
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त मधुसुदनप्रसाद गोर्खालीको निधन भएको छ।
कुशल प्रशासकको छवि बनाएका ८९ वर्षीय गोर्खालीको वीर अस्पतालमा निधन भएको हो।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरी र दुई छोरा छन्।
गोर्खालीले २०५४ चैत २७ गतेदेखि २०५६ माघ ९ गतेसम्म अख्तियारमा पूर्व प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए ।