२२ असार २०८३, सोमबार

नवलको फिल्म ‘काँडेतार’ले पायो दश लाख पुरस्कार

असार १७, २०८०
काठमाडौं
नवलको फिल्म ‘काँडेतार’ले पायो दश लाख पुरस्कार

नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषित गरिएको छ । 

चलचित्र विकास बोर्डले स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस् प्रालिद्वारा निर्मित उक्त फिल्मको कथालाई उत्कृष्ट छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत दश लाख रूपैयाँ प्रदान गरेको छ । 

शनिवार चलचित्र विकास बोर्डको वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर नेपाल सरकारका संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत अभिनेता तथा निर्माता नवललाई उक्त रकमवापतको चेक प्रदान गरिएको हो । 

‘काँडेतार’ फिल्म आगामी महाशिवरात्रिबाट प्रदर्शनमा आउने तयारीमा छ । 

देशभक्ति भावनामा निर्मित फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा लगायतको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्