०१ साउन २०८३, शुक्रबार

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन फिल्म हललाई  काठमाडौं महानगरको निर्देशन

असार १९, २०८०
काठमाडौं
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन फिल्म हललाई  काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले फिल्म हललाई ३० दिनभित्र  डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । 

मंगलवार पत्र काट्दै महानगरभित्रका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर डिजिटल प्रणाली सञ्चालनमा ल्याउन र मनोरञ्जन करका लागि पहुँच दिन निर्देशन दिएको हो । 

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ,’ महानगरले हललाई काटेको पत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्