०६ साउन २०८३, बुधबार

तीज गीत ल्याउने हतारो, साउन नलाग्दै सार्वजनिक हुन थाले

असार २८, २०८०
काठमाडौं
तीज गीत ल्याउने हतारो, साउन नलाग्दै सार्वजनिक हुन थाले

हरितालिका तीज आउन २ महिनाभन्दा बढी समय छ । तर, कलाकारहरूले अहिल्यैदेखि तीजका गीत सार्वजनिक गर्न थालिसकेका छन् । असोजमा परेको तीजका लागि साउन नलाग्दै युट्युबमा गीत सार्वजनिक हुन थालेका हुन् । 

खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘कमाउनेनी हो, रमाउनेनी हो’ बोलको तीज गीत सार्वजनिक भइसकेको छ । बुधवार सार्वजनिक यो गीतको भिडियोमा प्रकाश सपूत र जुना विश्वकर्माले नृत्य गरेका छन् । यो गीतको भिडियोले राम्रो भ्युज पाउँदै ट्रेन्डिङमा समेत स्थान जमाएको छ । 

शम्भु कुँवरको यो तीज गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । विनोद बाजुरालीको एरेन्ज, खेम सेञ्चुरीकै संगीत रहेको गीतलाई नेत्र अर्यालले लेखेका हुन् । नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो ‘शुभारम्भ डिजिटल म्युजिक’ नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । 

खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा ‘गौरी’ शीर्षकको तीज गीत युट्युबमा सार्वजनिक छ । बिहीवार बिहान सार्वजनिक यस तीज गीतलाई गायत्री थापाले प्रस्तुत गरेकी हुन् । 

प्रसाद लामिछानेको शब्द, खुमनकै संगीत रहेको गीतमा सुनील परियारको एरेन्ज छ । 

स्मृति तिमल्सिना (गुरुआमा)को कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा गायक खुमन मोडल अञ्जली अधिकारीसँग प्रस्तुत छन् । यसको भिडियोलाई राजेश घिमिरेले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । 

यतिबेला कलाकारहरूले पुराना तीज गीतलाई नयाँ भन्दै सार्वजनिक गर्ने क्रम समेत बढेको देखिएको छ । युट्युबमा नयाँ भन्दै सार्वजनिक गरिएका पुराना तीज गीत छ्यापछयाप्ती भेटिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्