×

NMB BANK
NIC ASIA

तीज गीत ल्याउने हतारो, साउन नलाग्दै सार्वजनिक हुन थाले

काठमाडाैं | असार २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

हरितालिका तीज आउन २ महिनाभन्दा बढी समय छ । तर, कलाकारहरूले अहिल्यैदेखि तीजका गीत सार्वजनिक गर्न थालिसकेका छन् । असोजमा परेको तीजका लागि साउन नलाग्दै युट्युबमा गीत सार्वजनिक हुन थालेका हुन् । 

Muktinath Bank

खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘कमाउनेनी हो, रमाउनेनी हो’ बोलको तीज गीत सार्वजनिक भइसकेको छ । बुधवार सार्वजनिक यो गीतको भिडियोमा प्रकाश सपूत र जुना विश्वकर्माले नृत्य गरेका छन् । यो गीतको भिडियोले राम्रो भ्युज पाउँदै ट्रेन्डिङमा समेत स्थान जमाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शम्भु कुँवरको यो तीज गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । विनोद बाजुरालीको एरेन्ज, खेम सेञ्चुरीकै संगीत रहेको गीतलाई नेत्र अर्यालले लेखेका हुन् । नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो ‘शुभारम्भ डिजिटल म्युजिक’ नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा ‘गौरी’ शीर्षकको तीज गीत युट्युबमा सार्वजनिक छ । बिहीवार बिहान सार्वजनिक यस तीज गीतलाई गायत्री थापाले प्रस्तुत गरेकी हुन् । 

Vianet communication
Laxmi Bank

प्रसाद लामिछानेको शब्द, खुमनकै संगीत रहेको गीतमा सुनील परियारको एरेन्ज छ । 

स्मृति तिमल्सिना (गुरुआमा)को कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा गायक खुमन मोडल अञ्जली अधिकारीसँग प्रस्तुत छन् । यसको भिडियोलाई राजेश घिमिरेले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । 

यतिबेला कलाकारहरूले पुराना तीज गीतलाई नयाँ भन्दै सार्वजनिक गर्ने क्रम समेत बढेको देखिएको छ । युट्युबमा नयाँ भन्दै सार्वजनिक गरिएका पुराना तीज गीत छ्यापछयाप्ती भेटिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x