
कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुलाएको छ । http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ ।
आज विहान १० बजेबाट खुला भएको अनलाइन प्रणालीमा साउन १२ गते राति ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । आवेदकमध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुने छ ।