२२ असार २०८३, सोमबार

‘हामी तीन भाइ’मा मुख्य अभिनेत्रीका रुपमा भित्रिइन् लक्ष्मी बर्देवा

साउन ४, २०८०
काठमाडौं
‘हामी तीन भाइ’मा मुख्य अभिनेत्रीका रुपमा भित्रिइन् लक्ष्मी बर्देवा

​मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘हामी तीन भाइ’मा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । थिएटरबाट उदाएर फिल्म र म्युजिक भिडियोमा छुट्टै पहिचान बनाएकी बर्देवालाई ​निर्माण टिमले शीर्ष भूमिकाका लागि​ अनुबन्ध गरेको हो ।

निर्माण टिमले अर्की अभिनेत्री आश्मा गिरीलाई पनि शीर्ष भूमिकामा अनुबन्ध गरेको छ । यसअघि फिल्ममा अभिनेता विनोद न्यौपाने, कुशल विष्ट र अभिनेत्री जाहन्वी बस्नेत अनुबन्धित भइसकेका छन् ।

फिल्ममा फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक चापागाईं, तारा शर्मा, भुवन काफ्ले, नयन फुयाँल, पवन केसीको पनि अभिनय रहनेछ । 

गत शुक्रबार मनकामना मन्दिरमा पटकथा पुस्तक पूजा गर्दै फिल्मको घोषणा गरिएको थियो । साउनदेखि छायांकन तयारीमा रहेको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह–निर्मातामा छन् । 

प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्