१० साउन २०८३, आइतबार

समर्पण कार्कीले जिते ‘मिस्टर नेपाल–२०२३’को उपाधि

साउन ७, २०८०
काठमाडौं
समर्पण कार्कीले जिते ‘मिस्टर नेपाल–२०२३’को उपाधि

विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । 

पेसाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि पार्दै विजेता बनेका हुन् । युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे । 

प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारको अलवा ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन् । 

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार साँझ एक भव्य समारोहकाबीच आयोजना भएको प्रतियोगितामा काठमाडौंका निमेश कपाली फष्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । रनरअप विजेता कपालीले बेष्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात पारे । 

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनीषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगितामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र बेष्ट फिजिक प्रेम कुमार यादव, बेष्ट स्किन मिकाज कार्की, बेष्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे । 

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ । 

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । 

स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । यो पटक मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’को नामबाट आयोजना भएको थियो । 

प्रतियोगीले इन्ट्रोडक्सन राउण्डमा मौलिक संस्कृति झल्किने विभिन्न पोसाक लगाएका थिए । कार्यक्रममा आईईसी कलेज अफ फेसनका २१ र २२ ब्याचका विद्यार्थीले पनि फेसन तयार पारेका थिए । जसको डिजाइनले पनि उतिकै प्रशंसा पाएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । 

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिक प्रतियोगीको रुपमा थिए । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा विभिन्न साङ्गीतिक प्रस्तुतिले रौनक थपेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्