२६ जेठ २०८३, मंगलबार
मौद्रिक नीति

शेयर तथा घरकर्जाको जोखिम भार घट्ने, चालु पुँजी कर्जा पनि पुनरवलोकन हुने

साउन ७, २०८०
काठमाडौं
शेयर तथा घरकर्जाको जोखिम भार घट्ने, चालु पुँजी कर्जा पनि पुनरवलोकन हुने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर तथा घरजग्गाको जोखिमभार कम गर्ने भएको छ । 

निजी क्षेत्रको माग अनुसार चालु पुँजी कर्जामा पुनरवलोकन समेत गरिने भएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने घोषणा गरेको हो ।

हाल यी क्षेत्रमा कर्जा प्रवाह गर्दा जोखिम भार बढी हुने भएकाले कम ऋण जाने अवस्था छ । अब राष्ट्र बैंकले जोखिम भार कम गरेपछि ऋण प्रवाह बढ्न सक्ने देखिन्छ । विद्यमान अवस्थामा जोखिम भार १५० प्रतिशतसम्म छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतका आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरवलोकन गरिने घोषणा पनि गरेको छ ।

निजी क्षेत्रले चालू पुँजी कर्जा संशोधन गर्नुपर्ने माग गर्दै आएको थियो । यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन पुनरवलोकन गर्ने घोषणा गरेको हो ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पनि पुनरवलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्