०१ साउन २०८३, शुक्रबार
करिब सय किलो सुन बरामद प्रकरण

सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा सीआइबीलाई

साउन १९, २०८०
काठमाडौं
सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा सीआइबीलाई

सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीसहित प्रहरीका उच्च अधिकारीसँग छलफल गरेर अनुसन्धानका लागि तयार बस्न आग्रह गरेका हुन् । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्रीले गृह प्रशासनसँग छलफल गरेका थिए । 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख बसन्त कुँवर, सीआइबी प्रमुख किरण बज्राचार्यलयायत अधिकारीसँग प्रचण्डले छलफल गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले सय किलो सुनको एग्रेसिभ्ली अनुसन्धान गर्नुपर्‍यो । सीआईबीले लिड गर्नुपर्‍यो भन्नुभयो । संलग्न जोसुकै र जुनसुकै पार्टी वा उच्च तहको नेता भए पनि कारवाही गर्नुस् भन्नुभयो,’ प्रधानमन्त्रीसँगको भेटमा भएको छलफलबारे एक अधिकारीले लोकान्तरसँग भने । सम्भवतः आइतवारदेखि नै सीआएबीले छानबिनको जिमा लिने प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 

एक क्विन्टल सुनबारे हाल प्रधानमन्त्री मातहतको राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । सुन तस्करीको अनुसन्धान प्रहरीलाई नदिइएको भन्दै सरकारको आलोचना भएको थियो । बिहीवार मात्र कांग्रेस नेता शेखर कोइरालाले सुन तस्करी सम्बन्धमा प्रहरीलाई अनुसन्धानको जिमा नदिइनु गम्भीर भएको टिप्पणी गरेका थिए । 

‘राजश्व अनुसन्धान विभागले मात्र यसको अनुसन्धान गर्न नसकेको निष्कर्षमा सरकार पुगेको छ, यसलाई निष्कर्षमा पर्‍याउने गरी सीआइबीलाई अनुसन्धानका जिम्मा दिन लागिएको हो’ प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 

साउन २ गते विमानस्थल बाहिरबाट मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बरामद सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्