
सर्वोच्च अदालतमा आज (मंगलवार) तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ ।
पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा आज तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
'सर्वोच्च अदालतका पूर्वन्यायाधीश उदयराज उपाध्यायको गएराति भएको असामयिक निधनमा शोक व्यक्त गर्न यस अदालतमा आज मिति २०८० ।०४।३० गते पेसी तोकिएका मुद्दाको सुनुवाइ नहुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,' सर्वोच्चको प्रशासन शाखाले जारी गरेको सूचनामा भनिएको छ ।
उपाध्यायको गएराति निधन भएको थियो ।
