×

NIC ASIA

मुकुनका दुईवटा फिल्म एकैदिन रिलिज हुँदै

काठमाडाैं | भदौ ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

अभिनेता मुकुन भुसाललाई यतिबेला फिल्म प्रचारप्रसारको धपेडि छ । आफू अभिनीत दुई फिल्महरू एकैदिन रिलिज हुने भएपछि उनी प्रचारप्रसारको दौडधुपमा छन् । भदौ १४ गतेबाट प्रदर्शनमा आउने ‘ऐंचो पैंचो’ र ‘गणपति’ दुवै फिल्ममा मुकुन शीर्ष भूमिकामा छन् । 

Muktinath Bank

एउटै मितिमा दुईवटा फिल्म रिलिज नहोस् भन्ने आफ्नो चाहना रहेको मुकुन बताउँछन् । यद्यपि, फिल्म रिलिजको मिति कलाकारको वशमा नभएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रिलिजको कुरा विल्कुल निर्माता, निर्देशक, वितरकको रोजाइमा भर पर्ने रहेछ । एउटै मितिमा दुईवटा फिल्म आउँदा केही असर त पक्कै गर्छ’ मुकुनले लोकान्तरसँग भने, ‘एउटै समयमा दुई फिल्मको प्रचारप्रसारमा खटिनुपर्यो । मेरो घरमै सदस्यले पनि पहिले कुन फिल्म हेर्ने भन्ने सन्दर्भमा बाँडिने भए ।’


Advertisment
Nabil box
Kumari

केही ग्यापमा फिल्म आउँदा कलाकार निरन्तर सक्रिय देखिने र प्रचारप्रसारका लागि समय दिन पनि सजिलो हुने मुकुनले बताए ।

Vianet communication

उनी यतिबेला दुईवटै फिल्मको प्रचार गरिरहेका छन् । ‘रिलिजको सन्दर्भ कलाकारको वशमा रहेन । पक्कै पनि निर्माताज्यूहरुले त्यो डेटलाई सुरक्षित ठानेर, आफ्नो प्रोडक्टमा विश्वास गरेरै आउनुभएको छ’ उनले भने, ‘फिल्महरू अलगअलग जनराका छन् । म चाहिँ दुईवटै फिल्मबाट आशावादी छु ।’ ​

कृषा चौलागाईँको निर्देशनमा बनेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, मुकुन भुषाल लगायतको अभिनय छ । 

त्यस्तै, सविन अधिकारीको निर्देशनमा बनेको ‘गणपति’मा मुकुनसँगै मेनुका प्रधान, प्रकाश घिमिरे, राजाराम पौडेल, सूर्यमाला शर्मा, देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ । 

‘बुलबुल’बाट दर्शकमाझ बलियो छाप छाडेका मुकुन अभिनीत ‘झिंगेदाउ’ गतवर्षको हिट फिल्म हो । उनी रेखा थापाको आगामी फिल्म ‘उपहार’मा पनि अनुबन्धित भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x