![यसरी नियन्त्रणमा लिइयो शंखमुलमा तीन घण्टा आतंक मच्चाउने भैँसी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/bhaisi1_g66McGpbjX.jpg)
काठमाडौंको शंखमुलस्थित ज्ञान निकेतन स्कूलमा पसेको भैँसी नियन्त्रणमा लिइएको छ । बुधवार बिहान झण्डै ८ बजेको समयमा भैँसी प्रहरी र वन कार्यालयको टोलीले ११ बजेपछि नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले भैंसी नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार वन कार्यालयका प्राविधिकले डार्ट (लठ्याउने सुई) हानेर भैँसी नियन्त्रणमा लिइएको हो ।
वधशालामा काट्न लागेको भैंसी फुत्केर स्कुलमा पसेको अनुमान गरिएको छ ।
भैँसीलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । भैँसी पाटन क्षेत्रबाट भागेको हुन सक्ने प्रहरीको आशंका छ ।









