१० साउन २०८३, आइतबार

अभिनेता सानु ताम्राकारको अन्त्येष्टि

भदौ १०, २०८०
काठमाडौं
अभिनेता सानु ताम्राकारको अन्त्येष्टि
तस्वीर : गोपीकृष्ण चापागाईँ

शनिवार दिउँसो निधन भएका अभिनेता सानु कुमार ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएका थियो । उनीप्रति फिल्मकर्मी एवं शुभेच्छुकले आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

उनको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो । 

उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता नीर शाह, धीरेन शाक्य, अभिनेत्री लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायतका कलाकार आर्यघाट पुगेका थिए । 

कलाकार संघका पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको ७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । 

मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकारलाई तीन साताअघि अस्पताल भर्ना गरिएको थियो ।

गत असार २१ गते छोरा तथा अभिनेता सारुकले आत्महत्या गरेपछि उनी पीडामा थिए । थुप्रै नेपाली फिल्म एवं टेलिसिरियलमा अभिनय गरेका ताम्राकारको निधनमा शनिवारदेखि नै फिल्मकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्