×

NIC ASIA

नयाँ लोकेसनमा खिचियो ‘जुठे’, भोलिबाट प्रसारणमा आउने

काठमाडाैं | भदौ १९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

झन्डै दुई महिनादेखि रोकिएको सामाजिक टेलिसिरियल ‘जुठे’ भोलिबाट प्रसारणमा आउने भएको छ । 

निर्माण टिमले सोमवार बेलुका राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै बुधवारबाट टेलिसिरियल प्रसारणमा आउने जानकारी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलुका ८ः३० बजे हिमालय टीभीमा प्रसारणमा आउने टेलिसिरियल युट्युबमा भने अब ओएसआर डिजिटलमार्फत सार्वजनिक हुनेछ ।


Advertisment
Rupse Holidays
Nabil box

यसअघि ‘मास्टर टीभी’ युट्युबमा सिरियल सार्वजनिक हुने गरेको थियो । 

Vianet communication

लेखक एवं निर्देशकमध्येका एक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’का अनुसार सिरियलमा दर्शकले अब नयाँ लोकेसन पाउनेछन् । 

लोकेसन सिफ्ट गर्नुपर्ने भएकै कारण पनि रोकिएको सिरियल प्रसारणमा ल्याउन ढिला हुन गएको उनले प्रष्टयाए । 

‘तपाईहरूले हेरिरहनुभएको जुठे पहिलेको जस्तै कथामा आउनेछ । कलाकारहरू उही हुनेछौँ । लोकेसन परिवर्तन गर्दै लमजुङकै नयाँ ठाउँमा छायांकन गर्न थालेका छौँ । विगतमा जस्तै माया गरि दिनुहुनेछ भन्ने आशा लिएका छौँ’ उनले भने । 

अर्का लेखक एवं निर्देशक राजु पौडेलका अनुसार सिरियलको ६ भाग छायांकन गरिएको छ । आगामी भागमा दर्शकबाट पहिलेको भन्दा अझ माया पाउने आशा राखेको उनले बताए । 

पौडेलले भने, ‘१ सय १९ भागमा रोकिएको जुठे अब १ सय २० भागबाट नियमित प्रसारणमा आउनेछ । हामीले धेरै मेहनत गरेर फेरि जुठे ल्याउँदै छौँ । मेहनतलाई दर्शकहरूले बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’

कार्यक्रममा बोल्दै सिरियलका कलाकारहरू रवि गिरी, विद्या कार्की, शर्मिला शर्मा, सरिता ढुंगाना लगायतले पनि दर्शकबाट मायाको आशा राखे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x