मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
काठमाडाैं | भदौ २१, २०८०
२०६१ सालदेखि हरेक वर्ष नियमित रुपमा तीज गीत ल्याउँदै आएकी गायिका विष्णु माझीले यसपटक पनि त्यसलाई निरन्तरता दिइन् ।
नजिकिँदै गरेको तीजको माहोलमा उनको गीतको प्रतीक्षा फ्यान, शुभचिन्तक एवं स्रोता–दर्शकले गरिरहेका थिए ।
बुधवार बेलुका ‘पुतलीको भट्टी–१९’का रुपमा उनले ‘बलमा...’बोलको गीत सार्वजनिक गरिन् ।
यो कोसेली सार्वजनिक गर्दै विष्णुले आफ्नो गीतको प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी तुल्याइन् ।
तर, उनको तीज गीतलाई लिएर स्रोता दर्शकहरुको सन्तुष्ट भने हुन सकेनन् ।
कतिपय स्रोता–दर्शकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अपेक्षा गरेअनुसारको गीत नआएको बताएका छन् ।
कतिपयले गीतको कथावस्तु नबुझेको प्रतिक्रिया दिएका छन् । धेरैले ‘बलमा...’को अर्थ नै नबुझेको बताएका छन् । केहीले मोडल नसुहाएको समेत बताएका छन् । युट्युबमा हेर्ने हो भने पनि गीत मन नपरेको प्रतिक्रिया दिनेहरु यसपटक धेरै देखिएका छन् ।
चन्द्रकला खनाल नामबाट युट्युबमा प्रतिक्रिया छ – ‘विष्णु माझीको गीत आउँदैमा सबै राम्रो नै लाग्नुपर्छ भन्ने छैन । मलाई चाहिँ यो गीत खासै मन परेन ।’
अर्का रमन पोखरेल नामक प्रयोगकर्ताले लेखेका छन्, ‘विष्णु माझीको स्वर भएर मात्र सुन्या हो है, स्वरमात्र मन पर्यो अरू भन्या त्यस्तै हो ।’
कतिपयले विगतको गीत ‘चरी जेलैमा’ जस्तो नआएको बताएका छन् ।
विष्णुको स्वरको भने सबैले प्रशंसा नै गरेका छन् । युट्युब भ्युजको सन्दर्भमा बिहीवार दिउँसोसम्म २१ घण्टामा ६ लाख हाराहारीले गीत हेरेका छन् । विष्णुको गीतको भ्युज पनि अपेक्षा गरेअनुसारको होइन ।
गीतमा विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् । मौसम हिमालीले कोरियोग्राफी रहेको भिडियोलाई निर्माण एवं निर्देशन सुन्दरमणिले नै गरेका हुन् ।
शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।
विष्णु तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका हुन् । लोकदोहोरीमा सबैभन्दा धेरै हेरिने गीतमा पनि विष्णुले रेकर्ड कायम गरेकी छन् ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो । यो ग...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
देउरालीमा धजा रिमै मन उतै नजा, भनेकै मान्दैन सालैजो... गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ । विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता ए...
बलिउड अभिनेता रणवीर कपूरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएका छन् । भारतमा जारी इन्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भनेर प्रशंसा गर्दै पाउ छोएको भिड...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...