कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ ।
यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अप्वाइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपीडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्ने छन् ।
यसै गरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न सक्ने छन् ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनुपर्ने झन्झटलाई कम गर्ने अस्पतालको विश्वास छ ।
यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।
दशकौं लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।
आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजीज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो ।
यसले २०० भन्दा बढी अस्पतालहरूलाई सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य सेवाको आधुनिकीकरण र सुधार गर्न खोज्ने अस्पतालहरूका लागि मिदास विश्वसनीय साझेदारको रूपमा अघि बढेको छ ।