२४ जेठ २०८३, आइतबार

जाँचपास रोकेर एयरपोर्ट भन्सारका कर्मचारी आन्दोलनमा

सुन तस्करीको अनुसन्धानमा हैरानी
भदौ २५, २०८०
काठमाडौं

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । 


सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन शुरू गरेका हुन् । हिजो ३ घण्टा पेनडाउन गरेका कर्मचारीले सोमवार कार्गो जाँचपास शाखामार्फत् हुने निकासी-पैठारीसम्बन्धी सम्पूर्ण कार्य बन्द गरेका हुन् ।
 
आफूहरूका माग सम्बोधन नभए भोलि पनि विरोधका कार्यक्रम जारी राख्ने एक कर्मचारीले लोकान्तरलाई बताए । २७ गतेभित्र आफूहरूका माग सम्बोधन नभए यात्रु जाँचपास शाखाबाट सम्पादन हुने सम्पूर्ण काम प्रभावित गर्ने उनीहरूले चेतावनी दिएका छन् ।


माग पूरा गर्न उनीहरूले अर्थमन्त्री, अर्थ सचिव र भन्सारका महानिर्देशकलाई सम्बोधन गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।


यसैबीच, भन्सारका केही कर्मचारीहरू सहमति खोज्न भन्दै अर्थ मन्त्रालय पुगेका छन् । कर्मचारी युनियनले सहमतिका लागि पहल गर्ने भन्दै भन्सारका कर्मचारीका प्रतिनिधि अर्थ मन्त्रालय पुगेका हुन् । ‘हामी सहमति खोज्न अर्थ मन्त्रालय जाँदैछौं, सहमति नभए आन्दोलनका कार्यक्रम जारी रहन्छ,’ भन्सारका एक कर्मचारीले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्