असोज ६, २०८०
सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...
ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रम कूल व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक क्षेत्रमा स्कूलले महत्त्वपूर्ण योगदान गरेको बताए ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै स्कूलका पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका पदाधिकारी, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा महानगर प्रमुख महर्जनले शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै भने, “विद्यालयको शतवार्षिकोत्सवको उद्घाटन गर्न पाउँदा गर्व लागेको छ । म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
उनले भूकम्पबाट क्षतविक्षत भएको विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । महानगर प्रमुख महर्जन स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने विश्वास व्यक्त गरे ।
जापानी राजदूत युकाताले कार्यक्रममा उपस्थित भएर सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपालका दुई सय ४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाइस्कूल पनि भएको उनले बताए । उनले स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरूलाई आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । यो विद्यालय विसं. २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल एक हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ । रासस
सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...
वीरगञ्ज– मधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानून सङ्कायको पठनपाठन शुरू गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन शुरू गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको...
सरकारसँग ६ बुँदे सहमति गर्दै स्थायी शिक्षकहरू विद्यालय फर्किए पनि राजधानीका सडकमा अझै आन्दोलन चलिरहेको छ । राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक सं...
काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन शुरू भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्...
हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय बन्द...
राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनहरूले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले &lsquo...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...