कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
हिजो काम, आज काम
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा
‘परदेशी–२’ चलचित्रमा समावेश नयाँ गीत ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । सतिश चापागाईँको रचना रहेको यस गीतमा चलचित्रका अभिनेतासमेत रहेको प्रशान्त तामाङको स्वर छ ।
बि.बि अनुरागीको संगीत र एरेन्ज, श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको गीत बुधवार बिहान सार्वजनिक गरिएको थियो ।
युट्युबमा राम्रो भ्युज पाउँदै गीत ट्रेन्डिङमा उक्लिएको छ । गीतमा समावेश संवादले पनि मन छोएको दर्शकले बताएका छन् ।
यो गीतमा परदेशमा रहेका नेपालीहरूको पीडा र वाध्यतालाई समेटिएको छ । भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
नारायण इन्टरनेसनलको प्रस्तुति रहेको चलचित्रलाई राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् ।
चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतको अभिनय छ । गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले युवापुस्तामा रहेको बढ्दो विदेश मोहको कथा पेस गर्छ ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।
चलचित्रको टिम यतिबेला मोफसलका ठूला सहरका कलेजमा पुगेर प्रचारप्रसार गरिरहेको छ ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
गत वैशाखमा अभिनेता दयाहाङ राईका दुईवटा चलचित्र एकैदिनबाट प्रदर्शनमा आएका थिए । उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘बिहे पास’ वैशाख १ मा प्रदर्शन भएका थिए । यी दुईमा ‘...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...