×

Dabur

बागमतीमा नेतृत्वको होड

एमालेको बागमती अधिवेशनः दृश्यमा दाहाल–ढुंगेल, सारमा गोकुल–महेश प्रतिस्पर्धा

काठमाडाैं | असोज १०, २०८०

NTC
Premier Steels
Marvel

लुम्बिनीपछि बागमतीमा पनि नेकपा (एमाले)को प्रदेश नेतृत्व निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । सहमतिका लागि कोसिस भए पनि आकांक्षीहरू तयार नभएपछि निर्वाचन हुने प्रायः निश्चित भएको हो । 

yONNEX
Sagarmatha Cement

अध्यक्ष केपी शर्मा ओलीले सोमवार उद्घाटन गरेपछि अधिवेशनको बन्दसत्र मंगलवारसम्म चलेको थियो । ओलीले नेतृत्व चयन सर्वसम्मतिबाट गर्न दबाब बढाएका थिए । तर, बुधवार साँझसम्म पनि दाबेदारहरू तयार नभएपछि बिहीवार बिहान नयाँ नेतृत्वका लागि चुनाव हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश अध्यक्षका लागि कम्तीमा ५ आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, वर्तमान अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । रातारात सहमति नभए बिहीवार बिहान ८ बजेबाट हुने मतदानमा मुख्य प्रतिस्पर्धी दाहाल (मकवानपुर) र ढुंगेल (रामेछाप) हुने देखिएको छ । उम्मेदवारी दर्ताका क्रममा पनि दाहाल र ढुंगेल नेता कार्यकर्ताबीच बलिया प्रतिपस्र्धीका रुपमा चर्चामा थिए । अरुले गुपचुप उम्मेदवारी दर्ता गरे पनि दाहाल र ढुंगेलले आफूहरू मुख्य प्रतिस्पर्धी रहेको बताएका छन् । यी दुई बाहेकका नेताको उम्मेदवारी निर्वाचन नगरी सहमतिमा नेतृत्व चयन गर्ने हिसाबले परेको एक नेता बताउँछन् । 


Advertisment

दाहालको उम्मेदवारी मनोनयनमा हिक्मत लामा प्रस्तावक र देवकृष्ण विकल समर्थक छन् । ढुंगेललाई भने आनन्दकुमार श्रेष्ठले प्रस्ताव र वचन देउजाले समर्थन गरेका छन् ।

Vianet communication
Laxmi Bank

दृश्यमा दाहाल–ढुंगेल सारमा महेश र गोकुलको प्रतिस्पर्धा 

चुनावी प्रतिस्पर्धामा उत्रिँदै गरेका दुई नेतामा संयोग भने अनौठो देखिएको छ ।

रामेछापबाट चारपटक प्रतिनिधिसभामा पराजित भएका कैलाश ढुंगेल र मकवानपुरबाट चारमध्ये तीनपटक प्रतिनिधिसभामा जितेका कृष्णप्रसाद दाहाल प्रदेश अध्यक्षका लागि आमनेसामने भएका छन् । यी दुवै अहिले पार्टीमा केन्द्रीय सदस्य छन् । 

दाहाल २०४८, २०५६ र २०७४ मा मकवानपुरबाट विजयी भएका थिए । २०५१ सालमा भने उनी पराजित भएका थिए । तर रामेछापका ढुंगेल भने अहिलेसम्म प्रतिनिधिसभामा आउन सफल भएका छैनन् । 

ढुंगेल २०७४ मा रामेछापबाट प्रदेशसभा चुनाव जितेर आर्थिक मामिलामन्त्री भए । उनले तीनपटक एमाले रामेछापको नेतृत्व गरिसकेका छन् । तर, मन्त्री हुँदा बजेट रामेछाप जिल्लाको पनि खाँडादेवी गाउँपालिकामा मात्र थुपारेको भन्दै उनीसँग आफ्नै दलका नेता चिढिएको बताइन्छ । ढुंगेलले आफूलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको आशीर्वाद रहेको बताउँदै आएका छन् । समकक्षीहरू उनलाई कडा प्रशासकजस्तै स्वभावका मान्छन् ।

‘कुशल ढुंगेल नेताको मात्रै होइन कार्यकर्ताको कुरा पनि धैर्यतपूर्वक सन्दैनन् । अरूको कुरा नसुनीकन जवाफ फर्काउने उनको शैलीलाई धेरैले कमजोरीको रूपमा लिने गर्छन्,’ एक नेताले भने । 

null

तर, सधैँ चुनाव जित्दै आएका मकवानपुरका दाहाल भने ढुंगेलभन्दा फरक रहेको उनका एक समकक्षीले बताए । उनका अनुसार दाहाल जनतामा घुलमिल हुन र लो प्रोफाइलमा बस्न रुचाउँछन् । उनले अघिल्लोपटक अर्थ समितिको सभापति भएरसमेत काम गरेका थिए । एमाले विभाजनअघि विवाद उत्कर्षमा हुँदा उनी पार्टी फुट्न हुँदैन भन्ने पक्षमा थिए ।

दाहाल पनि अध्यक्ष ओलीकै समूहभित्रका हुन् । ओलीको एकलौटी प्रभाव र वर्चस्व रहेको बागमतीमा यसै समूहका दुई नेता प्रतिष्ठाको लडाइँमा छन् ।

दुवैजना अध्यक्ष ओलीकै समूहको भए पनि दाहाललाई गोकुल बाँस्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेतले बोकेको बताइन्छ । देखिनलाई दाहाल र ढुंगेल भए पनि खास प्रतिस्पर्धा बाँस्कोटा र बस्नेतको भएको एमालेकै नेताहरू बताउँछन् ।

गत निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि बाँस्कोटाले काभ्रे २ मा फराकिलो अन्तरले जितेका थिए । तर बस्नेत भक्तपुर २ बाट कांग्रेसका दुर्लभ थापासँग पराजित भए । 

null

बागमती प्रदेश एमालेको बलियो प्रभाव रहेको क्षेत्र मानिँदै आएको थियो । तर गत निर्वाचनमा यो प्रदेशमा एमाले जम्मा ४ सीटमा सीमित हुन पुगेको थियो ।

बाँस्कोटाबाहेक बागमती प्रदेशमा एमालेबाट काठमाडौं– ९ मा कृष्णगोपाल विजयी, ललितपुर २ मा प्रेमबहादुर महर्जन, मकवानपुर २ बाट महेशकुमार बर्तौला विजयी भएका थिए । 

बलियो प्रभाव रहेका अन्य क्षेत्र हारेपछि एमालेलाई यो प्रदेशमा दरिलो र चुनाव जिताउन सक्ने नेताको नेतृत्व आवश्यक भएको बहस छ । यस्तोमा चुनाव जितिरहने दाहाल उपयुक्त भएको बाँस्कोटा पक्षको लबिङ छ । तर अध्यक्षको कडा रुलिङपछि बाँस्कोटाले खुलेर दाहालको पक्षमा मत माग्ने काम नगरेको उनी निकट एक नेता बताउँछन् । 

‘उहाँ खुल्दा काभ्रे, सिन्धुपाल्चोक मात्रै दोलखा र काठमाडौंका पनि धेरै प्रभावित हुने अवस्था छ,’ बाँस्कोटानिकट स्रोत भन्छ, ‘प्यानल बनाएर नखुले पनि अन्तिममा प्रतिस्पर्धा हुँदा उहाँको पनि भित्री रुपमा एउटा लाइन त हुन्छ नै ।’ 

कहिल्यै चुनाव नजितेका ढुंगेलले एमालेलाई थप बलियो बनाउन नसक्ने दाबी उनीहरूको छ । तर, पुराना नेता ढुंगेललाई जिताउन युवा नेता बस्नेतले पनि उत्तिकै सक्रियता देखाइरहेका छन् ।

कति छन् प्रतिनिधि ? कसको छ प्रभाव ? 

यसअघि ४७९ सदस्यीय प्रदेश कमिटी रहे पनि घटाएर २४० सदस्यीय बनाइने भएको छ । प्रदेश अधिवेशनका लागि ११ सय ६९ प्रतिनिधि छन् । यिनी प्रतिनिधिले बिहीवार बिहानबाट हुने विद्युतीय मेसिनबाट हुने मतदानमार्फत प्रदेश नेतृत्व चुन्नेछन् । 

बागमतीका १३ जिल्लामध्ये ११८ मत भएको काभ्रे र ११३ मत रहेको काठमाडौं निर्णायक हुन् । ओलीको बलियो प्रभाव रहे पनि बागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि निर्णायक मानिन्छन् । गोकुल बाँस्कोटा र महेश बस्नेतको प्रतिष्ठाको लडाइँमा पाण्डेले जता साथ दिन्छन्, उसैले जित्ने सम्भावना बढी रहेको बताइन्छ । 

काभ्रे र सिन्धुपाल्चोकमा बाँस्कोटाको पकड रहे पनि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा बस्नेतको राम्रो पकड रहेको बताइन्छ । मकवानपुर, चितवन र धादिङबाट दाहालले राम्रो भोट झार्न सके काभ्रे र सिन्धुपाल्चोकको ८० प्रतिशत बढी भोट तान्ने दाबी सो पक्षको छ । 

अध्यक्ष ओलीले सोमबार अधिवेशन उद्घाटन गर्दै प्यानलका आधारमा दिइएको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका थिए ।

‘७० वर्षको इतिहास भएको हाम्रो पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्,’ ओलीले चेतावनी दिँदै भनेका थिए, ‘नेतृत्वका लागि धेरैको योग्यता पुगेको छ । तर नेतृत्वमा पुग्ने नाममा प्यानलसहित निर्वाचन हुने अवस्था आयो भने उम्मेदवारी नै खारेजसम्म हुन सक्छ ।’ 

ओलीले लुम्बिनीमा पनि सर्वसम्मतिमा नेतृत्व चयनका लागि गरेको अधिकतम प्रयास असफल भएको थियो, जसमा अध्यक्षमा विष्णु पौडेल पक्षबाट राधाकृष्ण कँडेल विजयी भएका थिए । 

प्यानलसहित उम्मेदवारी दिएका महासचिव शंकर पोखरेल पक्षका हरि रिजाल २ मतले पराजित भएका थिए । ओलीका विश्वासपात्र पोखरेल पक्षधर उम्मेदवार लगभग सबै पराजित भएपछि यसपटक ओलीले प्यानल बनाएर उम्मेदवारी दिन निषेध गरेका हुन्, जसले नेताहरूलाई बाहिरी रूपमा खुल्न अप्ठ्यारो परेको छ । तर, लुम्बिनीको नेताको गुटगत छायाँ भित्री रूपमा चुनावमा देखिने एमालेका एक नेता बताउँछन् ।

‘एमालेमा अब हार्डलाइनर मात्रै भएर हुँदैन । संयम र व्यावहारिक हुनुपर्छ भन्ने मत बलियो बनेको छ । प्यानल नबनाउन र हेडक्वार्टरमै चुनाव गरेर नतिजा बदल्न खोज्ने संकेत पार्टी नेतृत्वले दिएको छ,’ बुधवार ललितपुरका च्यासलस्थित उम्मेदवारी मनोनयन स्थलमा भेटिएका एक नेताले भने, ‘अध्यक्षको उम्मेदवारी खारेज हुने चेतावनीले नेताहरू बाहिर खुल्नहुन्न । तर लुम्बिनीबाट बहेको पार्टी नेतृत्वको परिवर्तनप्रतिको हुटहुटी बागमतीमा देखिन्छ ।’ 

ती नेताका अनुसार रातारात कुनै अनपेक्षित सहमति भएन भने अध्यक्ष ओली, महासचिव पोखरेलबाहेकका अधिकांश दाहालको पक्षमा खुल्नेछन् । प्रतिस्पर्धामा दाहालले २ सयभन्दा बढी मतले जित्ने सो समूहको दाबी छ । तर ढुंगेलले आफूलाई अध्यक्ष केपी ओलीको आशिर्वाद प्राप्त भएको सन्देश दिँदै आएका छन् । 

बुधवार दाहाल अधिवेशनका प्रतिनिधिकै वरिपरि देखिएका थिए । तर ढुंगेल केन्द्रीय कार्यालयमा नेताहरूको भेटघाटमा बढी व्यस्त रहेको देखिन्थ्यो ।

null 

लुम्बिनीबाट बागमती हुँदै बाँकी प्रदेशमा पनि प्यानलसहितका प्रतिस्पर्धा भए गुटबन्दी संस्थागत हुने र आउँदो महाधिवेशनमा अप्ठ्यारो पर्ने बुझाइमा ओली छन् । 

‘जिम्मेवार अध्यक्षले मिलेर अघि बढ्नुस्, सहमति नभए लोकतान्त्रिक स्वस्थ निर्वाचनबाट अगाडि बढ्नुस् भन्नुपर्ने हो, तर प्यानल बनाए उम्मेदवारी खारेज गर्छु भनेर पार्टीभित्रका विपक्षी र विरोधीलाई एक ठाउँमा उभिने अवसर उहाँले नै दिनुभएको छ,’ एमालेका एक नेता लोकान्तरसँग भन्छन् । 

ओली र शंकर पोखरेल ढुंगेलको पक्षमा खुले विष्णु पौडेलसहितका नेता दाहालको पक्षमा खुल्ने एक नेता बताउँछन् । तर, पौडेलले बागमतीमा अहिलेसम्म कतै पनि पक्षधरता नदेखाएको बताइन्छ । प्यानल नबनाउन चेतावनी आए पनि उम्मेदवार खडा गर्ने र समूहका रूपमा भोट माग्ने तयारी नेताहरूले गरेका छन् । 

अधिवेशन प्रयोजनका लागि एमालेले मंगलबार गुरू बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो । उनी बागमती प्रदेश इन्चार्ज पनि हुन् । निर्वाचन मण्डलमा शेरबहादुर तामाङ, रामेश्वर फुयाँल, आनन्दप्रसाद पोखरेल, देवी ज्ञवाली, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, कमल चौलागाईँ, कृष्णबहादुर राई, सुशीला नेपाल र रत्ना गुरुङ सदस्य छन् । 

राष्ट्रिय सभागृहमा उद्घाटन भएको एमाले प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । तर, निर्वाचन भने च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने बताइएको छ । 

अध्यक्षबाहेक उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित २४० सदस्य प्रदेश कमिटी निर्वाचित हुँदैछन् । 

के भन्छन् उम्मेदवार ?

null 

अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहाल निर्वाचनले सहभागिता बढ्ने र पार्टी बलियो हुने बताए । 

‘सहमतिको प्रक्रिया र सहमति नहुँदा पार्टी बिग्रने हुँदैन । विगतमा पनि निर्वाचनबाट अघि बढेको हाम्रो परम्परा छ । कुनै पनि पनि अवस्थामा प्रतिस्पर्धाले अप्ठ्यारो परेको छैन । एकभन्दा बढी उम्मेदवार भएपछि प्रतिनिधिले आफ्नो नेता आफैं छान्छन्’ दाहालले भने, ‘यो अवसरबाट सहभागिता बढ्र्छ । स्थायी प्रणाली बलियो हुन्छ । प्रणाली बलियो भएपछि हामी सबै बलियो बन्छौं ।  बागमतीमा एमाले बलियो पार्टी हो । तर हामी केही कारणले पछि पर्यौं । यो समृद्धि प्रदेश पनि हो । सबैलाई समेटेर जानुपर्छ । मेरो अनुभव र क्षमतालाई निखारेर बलियो पार्टी बनाउँछ । पार्टी एक ढिक्का, दृढ कार्यकर्ता सफल बनाउनुपर्छ । बाग्मतीमा एमालेलाई हिजो जस्तै एक नम्बर पार्टी बनाउँछु ।’

अध्यक्षका अर्का प्रतिस्पर्धी कैलाश ढुंगेलले बागमतीमा खस्किको एमालेलाई उठाउन आफ्नो उम्मेदवारी रहेको बताए ।  

‘बागमती चर्चामा रहेको, धेरै सम्भावना भएको प्रदेश हो । नेपाल कस्तो छ भनेर पहिले बागमतीलाई विदेशीले हेर्छन्,’ ढुंगेलले भने, ‘बागमतीमा हरेक चुनौतीको सामना गर्ने, समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान, पार्टीलाई कमजोर अवस्थाबाट माथि उठाउने र मिसन २०८४ मा सबै दल मिल्दा पनि  कसैले धकेल्न नसक्ने पार्टी बनाउन मेरो उम्मेदवारी हो ।’ 

सहमति भयो भने आफू बाटो खुलाउन तयार रहेको उनले स्पष्ट पारे । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​ बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २७, २०८०

नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x