३० असार २०८३, मंगलबार

सिप्रदी ट्रेडिङ्ग ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित​​

असोज १९, २०८०
काठमाडौं
सिप्रदी ट्रेडिङ्ग ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित​​

सिप्रदी ट्रेडिङ्ग प्रालि “इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर”बाट सम्मानित भएको छ ।

भारतको प्रख्यात अटो मोबाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको “डिलर बिज्नेस प्लानिङ्ग मिट २०२३” अन्तर्गतको अवार्डबाट सिप्रदी सम्मानित भएको हो ।

विश्वका ५२ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो।

null

सिप्रदीको तर्फबाट सीईओ राजनबाबु श्रेष्ठ तथा सीओओ राजेशप्रसाद गिरीले उक्त सम्मान ग्रहण गरेका थिए ।

पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी तथा आईसीई दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ। 

साथै नेपालमा दीर्घकालीन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणीय भूमिका खेल्दै आएको छ। त्यसको फलस्वरुप अहिले टाटाका विद्युतीय गाडीहरू ग्राहकको पहिलो रोजाइमा परेको कम्पनीको दाबी छ ।

सोही कार्यको मूल्याङ्कन गर्दै सिप्रदीले बार्सिलोनामा उक्त सम्मान प्राप्त गरेको हो । हाल टाटा मोटर्सको नेपालमा नम्बर १ ईभी – नेक्सन ईभी, टिगोर ईभी र हालै नाडा अटोसोमा सार्वजनिक भएको टियागो ईभी बिक्रीवितरण भइरहेका छन्।​

त्यसैगरी आइस सेगमेन्टमा सफारी, एच फाइब, नेक्सन, पन्च, टिगोर, टियागोलगायतका गाडीहरू बिक्री वितरण भइरहेका कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्