
साइनिङ नेपाल फाउन्डेसनले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीको प्रमुख आतिथ्यतामा बुधवार गौशालास्थित श्री मङगलादेवी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा फाउन्डेसनले ल्यापटप प्रदान गरेको हो ।
गौशालास्थित श्री मङगलादेवि माध्यमिक विद्यालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित श्री शारदा माध्यमिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित श्री गुह्वेश्वरी माध्यमिक विद्यालयका छात्र अमन यादवलाई एक/एक वटा ल्यापटप प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ का तीन वटा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई बुधवार सम्मान तथा ल्यापटप वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व सम्पन्न भएको कार्यक्रममा समाजसेवी शशीकान्त अग्रवालसहित विभिन्न पार्टीका नेताहरूको उपस्थिति थियो ।
यस्तै काठमाडौं महानगरपालिका वडा ९ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।