२२ असार २०८३, सोमबार

तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी

कात्तिक २०, २०७४
तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी


राजविराज, ७ असोज - तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिशकुमार सिंह र उपप्रमुखमा सुचिता यादव वियजी हुनुभएको छ ।Rajapa-Win

राजपा नेपालको तर्फबाट सिंहले दुई हजार ९८७ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अरुण यादवले दुई हजार ८७२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै, राजपाकै उपप्रमुख पदमा यादवले दुई हजार ९६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनुपन सिंहले एक हजार ९७३ मत प्राप्त गरेका छन् ।

यसैबीच, गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएका सिंहले निर्वाचित भएलगत्तै झाडू बोकेर मतगणना स्थलमा रहेको अत्यधिक फोहोरलाई सफा गर्नुभएको छ । अविरले रंगिएका उहाँ आफैँ मतगणनास्थलमा रहेको फोहोर सफा गर्ने कार्यमा जुटेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्