२९ असार २०८३, सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो ११ यातायात कार्यालयमा क्यूआर कोड

कात्तिक २, २०८०
काठमाडौं
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो ११ यातायात कार्यालयमा क्यूआर कोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।

यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमी भई सेवाग्राहीहरूलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ ।​​

क्यूआर कोड प्रणालीबाट राजश्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरू विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठूलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ, महेन्द्रनगरबाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरू र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्