
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा नवकन्याको पूजा गरेका छन् ।
नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन पारेर सोमवार शीतल निवासमा नवकन्याको पूजा गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्या (साना बालिका)का गोडा धोएर टीका लगाइ उपहारसमेत दिएका थिए ।
दशैँका अवसरमा महानवमीको दिन राष्ट्रप्रमुखले प्रत्येक वर्षनवकन्याको पूजा गर्ने प्रचलन रहेको छ ।
दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौरूपको पूजा गर्ने गरिन्छ ।