२० असार २०८३, शनिबार

भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ अफर

कात्तिक १७, २०८०
काठमाडौं
भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ अफर

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ को घोषणा गरेको छ।

यस अन्तर्गत ४ जना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको कम्पनीले जनाएको छ । ‘चाडमा चौका’ अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० रुपैयाँ र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

कात्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफरमा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चार जना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी गर्नु पर्नेछ ।

यस्ता छन् विशेष फाइदाहरू

१. निःशुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सः तोकिएको समयसीमा भित्र चार जना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन्।

२. आफ्नो लागि चार महिनाको निःशुल्क इन्टरनेटः प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको निःशुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निःशुल्क इन्टरनेट प्राप्त हुनेछ।

३. रेफर गरिएकाको लागि एक महिनाको निःशुल्क इन्टरनेटः ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा–फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ।

salt training

कमेन्ट गर्नुहोस्