२९ असार २०८३, सोमबार

सेन्सर पास भयो निश्चल बस्नेतको फिल्म

कात्तिक २०, २०८०
काठमाडौं
सेन्सर पास भयो निश्चल बस्नेतको फिल्म

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’सेन्सर पास भएको छ । 

फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट (सेन्सर बोर्ड)बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । योसँगै फिल्म हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् । 

तिहारको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की लगायतका कलाकारहरूको अभिनय छ ।

साधारण व्यक्तिको संघर्षको कथामा निर्माण भएको फिल्मलाई आकाश बरालले लेखेका हुन् ।

रौनक कंडेल फिल्ममा निर्माता हुन् । 

निर्देशक बस्नेतको ६ वर्षपछिको कमब्याक भएका कारण ‘दिमाग खराब’लाई प्रतीक्षित रुपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्